रावन विश्वकर्मा,
बर्दियाको बाँसगढी ५ मा नेपाली काँग्रेसको प्यानल बिजय भएको छ । बाँसगढी नगरपालिकाको सदरमुकाम रहेको ५ नं वडामा नेपाली काँग्रेसको प्यानल बिजय भएको हो । काँग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका दहवा थारुले १ सय ३० मत अन्तरले नेकपा माओवादीका रेशम अधिकारीलाई पराजित गर्दै दहवा थारुको प्यानल नै विजय भएको हो । थारुले १०७०, अधिकारीले ९४० र एमालेका हरि प्रसाद पौडेलले ९११ मत ल्याउनु भएको थियो । ५ नं वडामा खुल्ला वडा सदस्यमा प्रकाश बराल, प्रेम प्रसाद जैरी, दलित महिला सदस्यमा धनसरा सुनार, महिला सदस्यमा मनिता चौधरी बिजय बिजय भएका छन । ४ हजार ७ सय ४० कुल मतदाता रहेको ५ नं वडामा ३ हजार ३ सय ३४ मत खसेको थियो । त्यस्तै बाँसगढी ७ मा पनि १ वडा सदस्य बाहेक काँग्रेसको प्यानल बिजय भएको छ । ७ नं वडा अध्यक्षमा नेकपा एमालेका आईतवारी थारुलाई हराउदै नेपाली काँग्रेसका बलिराम चौधरी बिजय हुनु भएको छ । ७ नं वडामा काँगेसले १२४७ एमालले १०७९ र माओवादीले १५० मत ल्याएको थियो । वडामा काँग्रेसको वडा अध्यक्ष सहित महिला सदस्य, दलित महिला सदस्य, खुल्ला सदस्य दोस्रो जीतेको छ भने एमालले महिला खुल्ला सदस्य जितेको छ । ३२११ कुल मतदाता रहेको ७ नं वडामा २५८० मत खसेको थियो ।
काेहलपुर टुडे । ३ जेष्ठ २०७९, मंगलवार १९:३१