बाँसगढी ६ मा गठबन्धका क्षेत्रीको प्यानल बिजय

रावन विश्वकर्मा,
बर्दिया बाँसगढी ६ मा गठबन्धन प्यानल भारी मतका साथ बिजय भएको छ । नेकपा माओवादी र नेकपा(एकिकृत समाजवादी) को गठबन्धनबाट लाल बहादुर क्षेत्रीको प्यानल नै भारी मतका साथ बिजय भएको हो । ३ हजार ७ सय २६ मत खसेको ६ नं वडामा नेकपा एमालेका जय राम थारुलाई ७ सय ७७ मत अन्तरले हराउदै गठबन्धनका लाल बहादुर क्षेत्रीको प्यानल बिजय भएको छ । माओवादी केन्द्रको चुनाव चिन्हबाट उम्मेदवारी दिएका समाजबादीका क्षेत्रीले १७४१ मत ल्याउनु भएको थियो । भने एमालेका थारुले ९६४ र नेपाली काँग्रेसका ईन्द जीत बुढाक्षेत्रीले ७०० मत प्राप्त गर्नुभएको थियो । ६ नं वडामा खुल्ला सदस्यमा माओवादीका सुर्य बहादुर सिं ठकुरी, अर्जुन चौधरी, दलित महिला सदस्यमा बुद्धिमाया सार्की र महिला सदस्यमा शान्तादेबी गुरुग बिजय भएका छन ।