बाँसगढी ४ मा भारी मतका साथ एमालेको प्यानल बिजय

रावन विश्वकर्मा,
बर्दियाको बाँसगढी ४ मा नेकपा एमालेले सानदान जीत हात परेको छ । पहिलो स्थानिय तह सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको ४ नं वडामा एमाललेका वढा अध्यक्ष उम्मेदवार युवा नेता कृष्ण प्रसाद बास्तोला(धावक)को प्यानलले सानदान बिजय हासिल गरेको छ । बास्तोलले माओवादीका प्रभावशाली नेताको रुपमा चिनिएका नरेन्द्र राज पराजुलीलाई ५ सय ९ मत अन्तरले हराउदै बिजय भएका हुन । बास्तोलाले १ हजार ६ सय ४१, पराजुलीले १ हजार १ सय ३२ मत ल्याएका थिए भने नेपाली काँग्रेसका शालिकराम थारुले १ हजार ८४ मत ल्याएका थिए । वडा अध्यक्षमा बास्तोला सँगै खुल्ला सदस्यमा रती राम थारु, पन्ना लाल थारु, दलित महिला सदस्यमा सुसिला विक र महिला सदस्यमा फगन चौधरी विजय भएका छन । ६ हजार ४ सय ७६ कुल मतदाता रहेको बाँसगढी ४ मा ४ हजार ४ सय ४८ मत खसेको थियो । बाँसगढी नगरपालिकामा अहिले सम्म १ नं वडामा नेकपा माओवादी, २ मा नेकपा एमाले, ३ मा नेकपा माओवादी केन्द्रले आफ्नो जित सुनुश्चित गरेको छ भने ५ नम्बर वडामा नेपाली काँग्रेसको अग्रता रहेको छ भने ६ नं वडामा नेकपा माओवादी र नेकपा एकिकृत समाजबादीको गठबन्धनको अग्रता रहेको छ । बाँसगढी १ देखी ४ वडाको मत गणना गर्दा सम्म नगरको प्रमुख र उपप्रमुख एमालको अग्रता थियो भने ५ र ६ वडाको मतगणना गरिरहदा माओवादीले अग्रता लिईरहेको छ ।