बाँसगढी ३ मा वडा अध्यक्ष माओवादीका रामचन्द्र थारु र सदस्यहरुमा एमालेको जित




रावन विश्वकर्मा,

बर्दिया बाँसगढीको ३ नं वडा अध्यक्षमा रामचन्द्र थारु विजय भएका छन । नेकपा एमालेका देव बहादुर भण्डारीलाई १३ मत अन्तरले हराउदै नेकपा माओवादी केन्द्रका रामचन्द्र थारु विजय भएका हुन । थारुले १ हजार ३ सय ६७ मत ल्याएका थिए भने एमालेका भण्डारीले १ हजार ३ सय ५४ मत ल्याएका थिए । भने नेपाली काँग्रेसका जस बहादुर थापाले ९ सय ७२ मत ल्याएका छन । ३ नं वडामा माओवादीका थारु अध्यक्षमा बिजय भए बडा सदस्य, दलित महिला सदस्य, महिला सदस्यमा भने नेकपा एमालेका उम्मेदवार बिजय भएका छन । वडा सदस्यमा एमालेका प्रशान्त कुमार थारु, वनवारी लाल थारु, दलित महिला सदस्यमा डिला विक र महिला सदस्यमा मिना कुमारी थारु बिजय भएका छन । ५ हजार ६ सय कुल मतदाता रहेको ३ नं वडामा नवप्रभात वेलुवा र पृथ्वी मावि लखनाको मतदान स्थलमा भएको मतदानमा ४ हजार २ सय ४ मत खसेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार