बाँसगढी २ मा एमालेको प्यानल बिजय, नगरमा पनि एमाले कै अग्रता

रावन विश्वकर्मा,
बर्दिया बाँसगढी २ नं वडामा नेकपा एमालेको प्यानल बिजय भएको छ । नेकपा माओवादीका गोबिन्द बहादुर हमाललाई हराउदै एमालेका अर्जुन कुमार खड्का सहितको प्यानल बिजय भएको हो । नेकपा एमालेका उम्मेदवारहरु खुल्ला सदस्यमा गोपाल खत्री, भगौती प्रसाद थारु, दलित महिला सदस्यमा बिमला परियार र महिला सदस्यमा बन्सी बिहारी थारु बिजय भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले भने घोषणा गर्न बाँकी छ । ५ हजार १ सय ६८ कुल मतदाता रहेको बाँसगढी २ मा ३ हजार ५ सय ४८ मत खसेको थियो । बाँसगढीमा नगर प्रमुख र उपप्रमुखमा पनि सुरु देखि नै एमालेले अग्रता लिईरहेको छ । बाँसगढी १,२,३ र ४ नं वडाको मत परिणाम अनुसार नगर प्रमुख पदमा नेकपा एमालेका खड्क बहादुर खड्काको ३८५४नेकपा माओवादीका भवन कुमार थारुको ३३४४ र नेपाली काँग्रेसका सविन कुमार थापाको १८०३ मत रहेको छ । हाल सम्म नगर प्रमुखमा एमालेले ५१० मतले अघि रहेको छ भने माओवादी केन्द्रले पछ्याईरहेको छ । त्यस्तै नगर उपप्रमुख पदमा नेकपा एमालेका ईन्द्रिरा चौधरील ३७१२ मत, नेकपा माओवादीका भोमी विटालुले ३१८८ र नेपाली काँग्रेसका आकाश थारुले २०३८ मत प्राप्त गरेका छन् । बाँसगढी नगरपालिकामा नेकपा एकिकृत समाजबादीको पनि साथ रहेको छ । ४३ हजार ४ सय ६४ कुल मतदाता रहेको बाँसगढी नगरपालिकामा ९ वटै वडामा गरी ३० हजार ९ सय ३९ मत खसेको थियो ।