बाँसगढीमा माओवादीको बिजय सुरुवात, १ मा प्यानल नै बिजय

रावन विश्वकर्मा,
बर्दियाको बाँसगढी नगरपालिका १ नं वडामा पुनस् जयराज पाण्डे बिजय भएका छन् । प्रथम स्थानिय तह सदस्य निर्वाचनमा बिजय भएर ५ बर्ष वडा अध्यक्षको कार्यभार सम्हालेका पाण्डे पुनस् वडा अध्यक्षका बिजय भएका हुन । नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका पाण्डे ३ मत अन्तरले बिजय भएका हुन । १ नं वडामा पाण्डे सहित माओवादी केन्द्रको प्यानल नै बिजय भएको छ । खसेको मत मध्य पाण्डेले ६ सय १५ मत र बुढाले ६ सय १२ मत प्राप्त गरेका थिए । नेपाली काँग्रेसका टेक बहादुर खत्रीले १४ मत र राप्रपाको हलोमा २ मत खसेको थियो । वडामा माओवादी केन्द्रका वडा सदस्य उम्मेदवार दिपक बिश्वकर्मा, गोपाल जैसी, दलित महिला सदस्यमा करुणा रसाईली र महिला सदस्यमा जेनिसा वलीले बिजय प्राप्त गरेका छन् । १ हजार ६ सय ५८ मतदाता रहको बाँसगढी वडा नम्बर १ मा १ हजार २ सय ६० मत खसेको थियो ।