बर्दियामा ७२ प्रतिशत मत खस्यो, २ लाख २४ हजार ४ सय बढीले मतदान गरे

रावन बिश्वकर्मा,
बर्दियामा २ लाख २४ हजार ४ सय ९९ मत खसेको छ । शुक्रबार सम्पन्न स्थानिय तहको निर्वाचनमा ३ लाख ११ हजार ४ सय १० जना कुल मतदाता रहेको बर्दियामा ७२ प्रतिशत अर्थात २ लाख २४ हजार ४ सय ९९ मत खसेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्यांक अनुसार ४३ हजार ४ सय ६४ मतदाता रहेको बाँसगढीमा ३० हजार ९ सय ४९ मत खसेको छ । ४३ हजार २ सय ५ जना मतदाता रहेको गुलरिया नगरपालिकामा ३२ हजार ५ सय २४ मत, ठाकुरबाबा नगरपालिकामा ३३ हजार ५ सय ५७ कुल मतदाता रहेकोमा २४ हजार २ सय ७२ मत खसेको छ । ४९ हजार ५ सय ३६ मतदाता रहेको बारबर्दियामा ३५ हजार ४ सय ४५, मधुवन नगरपालिकाका ३५ हजार २ सय ९५ मतदाता मध्य २५ हजार ४२ मत खसेको छ भने ४३ हजार ५ सय ५३ मतदाता रहेको राजापुरमा ३१ हजार ३ सय ९० मत खसेको जनाईएको छ । त्यस्तै ३७ हजार ३९ मतदाता रहेको बढैयाताल गाँउपालिकामा २६ हजार ९ सय ३१ र २५ हजार ७ सय ६१ कुल मतदाता रहेको गेरुवा गाउपालिकामा १७ हजार ९ सय ४६ मत खसेको छ । बर्दियाका ८ स्थानिय तह मध्य सबै भन्दा बढी ७५ प्रतिशत गुलरिया नगरपालिका र कम गेरुवा गाँउपालिकामा ७० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।