राजनैतिक र सामाजिक रुपमा अब्बल बाँसगढी मेयर पदका उम्मेद्वार भवन कुमार थारु




रावन विश्वकर्मा,
स्थानिय तहको निर्वाचन हुन अव केही दिन मात्रै बाँकी छ । केही दिनमा अव स्थानिय तहहरुमा नयाँ सरकार परिवर्तन हुदैछ । स्थानिय तहमा अवको ५ बर्षमा कस्को सरकार आउला मेयर पदमा कस्ले बाजी मार्ला भन्ने सबैको चासोको बिषय बनेको छ । बर्दियाको बाँसगढी नगरपालिकामा पनि सबैको चासो नगर प्रमुख(मेयर) पदमा कस्ले बाजी मार्ला भन्ने नै छ । बाँसगढी नगरपालिकामा यस पटक मेयर पदका सबै पाटीले शसक्त र बलिया उम्मेदवारहरुलाई उठाएका छन् । स्वच्छ छबी भएका र सबैले रुचाएका मेयर पदका उम्मेदवार भएकाले बाँसगढीमा यसपटको निर्वाचन रोचक छ । बाँसगढी नगरपालिकामा मुख्य प्रतिस्पधीका रुपमा नेकपा माओवादीका भवन कुमार थारु र नेकपा एमालेका खड्क बहादुर खड्कालाई हेरिएको भए पनि नेपाली काँग्रेसका सविन कुमार थापा र जनता समाजवादीका विपिन पौडेल पनि स्वच्छ छबि भएका उम्मेदवार भएकाले ४ वटै उम्मेदवारको कडा प्रतिस्पर्धा हुने देखिएको छ । तर नेकपा माओवादी र नेकपा एकिकृत समाजबादी विच बाँसगढी नगरपालिकामा चुनावी तालमेल भएकाले गठबन्धनका उम्मेदवार भवन कुमार थारुले बाजी मार्छनकी भन्ने कयौँको आँकलन छ । भवन कुमार थारु कस्ता नेता हुन यस विषयमा थोरै चर्चा गरौँ । बाँसगढी नगरपालिका वडा नम्बर ६ मा स्थायी घर भएका भवन कुमार थारु लामो राजनितिक संघर्षबाट जन्मिएका नेता हुन् । राजनैतिक तथा सामाजिक रुपमा ठुलो योगदान पुर्याएका थारु २०५३ साल देखी भुमीगत भएर तत्कालिन नेकपा माओवादीको सदस्यता लिएर बिभिन्न जिम्मेवारीमा बस्दै २०५४ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल जिल्ला सदस्य हुदै पाटीको एरिया सदस्य हुनु भएको थियो । २०५५ सालमा मोर्चाको केन्द्रिय सदस्य र पाटीको एरिया सेक्रेटरी, २०५६ मा पाटीको जिल्ला सदस्य, २०५८ सालमा पाटीको जिल्ला सेक्रेटरी, २०६० सालमा जनमुक्ति सेनाको कमिसारको जिम्मेवारी, २०६१ सालमा एमएम रेडियोमा जिम्मेवारी बहन गर्दै २०६५ साल सम्म थारु मुक्ति मोचाको केन्द्रिय कोषाध्यक्ष पछि केन्द्रिय कार्यालयको जिम्मेवारी बहन गर्दै हाल सम्म बर्दिया जिल्लामा पाटीको मुख्य जिम्मेवारी बहन गर्दै आउनु भएको छ । प्लस टु पास गर्नुभएको थार आफै शहिद तथा व्यवता परिवार हुनु हुन्छ । मिलनसार, कुशल नेतृत्व क्षमता भएका र आँखामा राख्दा पनि नबिझाउने सक्षम र राजनितक तथा सामाजिक रुपमा खारिएका नेता हुन भवन थारु । भवन कुमार थारुले नगरको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि, जलस्रोत, ऊर्जा, पर्यटन, पूर्वाधार निर्माण र मानव संशाधन विकासबाट समृद्ध नगर बनाउने परिकल्पना र योजनाका साथ मेयर पदमा उम्मेदवारी दिएको बताउनु भयो । उहाँले बाँसगढी नगरपालिकाको मेयर पदमा बिजय भएमा आफुले गर्ने कामहरुको लामो प्रतिवद्धता पत्र बनाएर जनताको घरदैलो मै गएर काम गर्ने विश्वास दिलाएको बताउनु भयो । उहाँको प्रतिवद्धता, लक्ष्य र उदेश्यहरुको सम्पादित केही अंक यस्ता छन् ।
१.भ्रष्टाचार, अनियमितता, स्वच्छाचारी, कमिशन तन्त्रको अन्त्य गरी शुसाशन कायम गर्ने,
२.शिक्षामा गुणस्तर सुधार, प्रविधि मैत्री शिक्षा लागु गर्ने,
३.स्वास्थ्यमा सबैको पहुच हुने गरी सर्वसुलभ उपचारमा जोड दिने,
४.रोजगारीको सृजना, प्रविधि मैत्री उत्पादनमा प्रोत्साहन तथा अनुदान, उत्पादित बस्तुको सहज बजारिकरणको व्यवस्था,
५.ऐलानी जग्गामा बसोबास गरिरहेकाहरुलाई लालपुर्जा दिने, मुक्तकमैया र सुकुम्वासीहरुलाई उचित बसोबासको व्यवस्था गर्ने,
६.दैनिक प्रशासनलाई स्वच्छ, सेवामुखी, प्रभावकारी र पारदर्शी बनाईने,
७.वातावरणिय सुन्दरता कायम गर्दै प्रदुषण मुक्त बाँसगढीको परिकल्पना, पर्यटन प्रवद्र्धनमा जोड गरी रोजगारीको सृजना गर्दै बाँसगढीको समुचित विकास र समृद्धिको लागि मेरो उम्मेदवारी,

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख २६ गते सोमबार