रावन विश्वकर्मा,
बर्दिया बाँसगढीको ३ नम्वर वडामा बृहत चुनावी र्याली निकालिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले चुनावी तालमेल गरेको बाँसगढी नगरपालिकामा आईतवार ३ नम्वर वडामा बृहत र्याली सहित आम सभा गरेको हो ।
दजनौ मोटरसाईकल र बसहरुको लामो लस्कर सहित ३ नम्वर वडाका सबै टोलटोलमा र्यालीले परिक्रमा गरी वेलवा चोकमा आएर बृहत कोण सभा गरिएको थियो । कोण सभालाई गठबन्धन तर्फका माओवादीका मेयर पदका उम्मेदवार भवन कुमार थारु, उपमेयर पदका उम्मेदवार भुमी विक, वडा नं ३ का वडा अध्यक्ष पदका उम्मेदवार रामचन्द थारु लगायत माओवादी र समाजवादीका नेताहरुले सम्बोधन गरेका थिए । सभामा उम्मेदवारहरुले आफ्ना प्रतिवद्धता सहित स्थानिय सभाको निर्वाचनमा मतदान गरी बिजय बनाउन सहभागी मतदाताहरुलाई आग्रह गरेका थिए ।
नेकपा माओवादीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार रामचन्द्र थारुले वडा अध्यक्षमा बिजय भए जनभावना अनुसार काम गर्ने प्रतिवद्धता जनाउनु भयो । भुमिहिन सुकुम्वासीहरुलाई जग्गा पुर्जा दिने देखी निशुल्क र प्राविधिक शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार, कृषि आधुनिकरण, स्थानिय स्तरमै रोजगारीमा अवसर लगायतका कुराहरुमा जोडदार माग गर्ने भन्दै थारुले आफुलाई मतदान गरी बिजय बनाउन आग्रह गर्नुभयो । नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुले पनि नगरको विकास र समृद्धिका लागि अहोरात्र खटिने प्रतिवद्धता जनाए । कार्यक्रममा सहभागी वक्ताहरुले बृहत र्यालीले बाँसगढी नगर सँगै ३ नं वडामा समेत बिजयको संकेत गरेकामा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्