राजनीतिक नै मेरो जीवनको समाज सेवा गर्ने बाटो हो भन्ने सोच भएका व्यक्ति हुन् विजय चन्द । आगामी बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा बैजनाथ गाउँपालिकामा वडा नम्बर १ बाट स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि सरेका छन् । उनले पुतली चुनाव चिन्ह लिएर चुनावी प्रचारप्रसार गरिरहेका छन् । उनले आफ्नो ७ खम्बे विकास मोडल (गाभर-च्याामा-चिसापानी) घोषणा पत्र तयार गरी घरदैलोमा गएका छन् । उनले एमालेबाट स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि सरेका हुन् ।
यस्तो छ ७ खम्बे विकास मोडल

बुवा गणेश चन्द्र र आमा लिला चन्द्रको कोखबाट २०३५ साल वैशाख १५ गते दार्मा गाउँपालिका वडा नं.– ५ सल्यानमा भएको जन्म भएको थियो । उनका एक छोरा र दुई छोरी छन् । हरेक दिन जनताको घरदैलोमा पुगेका विजय चन्द्रको सहयोगी, मनकारी स्वभावले गर्दा सहज र सरल रुपमा वडाबासीहरुले मतदान गर्ने उनको आशा छ । उनको शैक्षिक योग्यता, बौद्धिक, कर्म, परिश्रमि, लगनशील एवं उच्च राजनीतिक/प्रशासनिक क्षमता भएका योग्य उम्मेदवार हुन् विजय चन्द्र । उनले १-५ कक्षासम्म वागेश्वरी मा.वि, ६-१० सम्म सुर्य मा.वि., ११-१२ कक्षासम्म वागेश्वरी क्याम्पस र विविएस र स्नात्तोकोत्तरमा अर्थशास्त्र महेन्द्र वहुमुखी क्याम्पस अध्ययन पुरा गरे ।
आफ्ना प्रतिबद्धताहरु तीन अभियानको रुपमा कार्यन्वयन गर्ने चाहान्छन् ।
१. सेवा
२. सुविधा
३. सुरक्षा
यस्तो छ

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्