मतदाताको आर्शिवाद : हाम्रा सन्तानले सुख पाउने गरी विकास गर्नु

नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्य र उपप्रमुख पदकी उम्मेद्वार संगिता सुवेदिलाई कोहलपुरका वृद्धवृद्धाहरुले आफ्ना सन्तानले सुख पाउने गरी विकास गर्नु भन्दै आर्शिवाद दिएका छन् ।

निर्वाचन प्रचार प्रसारका क्रममा कोहलपुर नगरपालिका वडा नं. १० पुगेका आचार्य र सुवेदिलाई आर्शिवाद दिँदै कोहलपुरको विगतका स्थनिय सरकारले आफ्ना सन्तानलाई सुख हुने गरी विकास नगरेको भन्दै आफ्ना सन्तानको भविष्यलाई हेरेर योजना बनाई काम गर्न आर्शिवाद दिएका छन् ।

सो क्रममा नगर प्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्यले कोहलपुरका जनताको भाग्य भविष्य निर्माण गर्नका लागि एक पटक मौका दिन आग्रह गरेका छन् ।

उपप्रमुख पदकी उम्मेद्वार संगिता सुवेदिले जनताको भावना विपरित कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाउँदै एक पटक काँग्रेसलाई कोहलपुर नगरको विकास गर्नका लागि मतदान गर्न अनुरोध गरेकी छिन् ।

नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगरपालिका वडा नं. १० मा वडा अध्यक्ष पदकी उम्मेद्वार गौरा भट्टराई, खुल्ला सदस्यहरुमा भिम प्रसाद पौडेल, श्यामलाल थारु, महिला सदस्यमा रत्नमाया उपाध्याय र दलित महिला सदस्यमा कमला देवि सुनार उम्मेद्वार रहेका छन् ।