कोहलपुर ।
कोहलपुर नगरपालिकाले कोरोना १९ विरुद्धको अभियान सुरु गरेको छ । पुष १ गतेदेखि १८ वर्षमाथिका व्यक्तिहरुले कोरोना खोप कार्यालय समयभित्र गएको खण्डमा लगाउन पाउने कोहलपुर नगरपालिकाको स्वास्थ्य चौकीमा उपलब्ध हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय बाँकेले कोभिड—१९ विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने भएको भन्दै कोहलपुर नगरपालिकालाई पत्रचार गरेको थियो । सोही अनुसार कोहलपुरमा पनि खोपको पहुँच बढाउन १८ वर्ष वा सो भन्दा माथिका खोप लिन बाँकी सम्पूर्ण नागरिकहरुलाई खोप उपलब्ध गराउने उद्देश्यले खोप अभियान सञ्चालन गरेको नगर स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर खड्काले जानकारी दिए ।
याे पनि हेर्नुहाेस् । Link for Notice : bit.ly/3s7jzLp
भखरै काेहलपुर नगरपालिकाे प्राङ्गणबाट माेटरसाईकल चाेरी
काेहलपुरमा तीव्र गतिमा बन्दै १५ शय्याको अस्पताल
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्