व्यापारीदेखि कलाकार हुँदै नगर उप-मेयर पदका प्रत्यासी संगिता सुवेदी




बुबा लोकनाथ पौडेल तथा आमा द्रोपति पौडेलको कोखबाट कास्की जिल्लाको साविकको धिताल गा.वि.स. नुवागाउँमा पोखरामा वि.सं. २०४१ साल जन्म भएकी हुन् संगिता सुवेदी । उनका बुबा वि.सं २०४४ सालमा बर्दिया जिल्लाको बाँसगढीमा बसाई सरी २०४५ सालमा कोहलपुर नगरपालिका वडा नं ११ मा बजारमा स्थायी रुपमा बसोबास गर्दे आएकी छन् ।

सुवेदीले माध्यमिक तहको शिक्षा ग्रिनपिस मा.वि. कोहलपुर र प्रमाणपत्र तह बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरबाट पुरा गरेकी छिन् । उनी जेसीजको पूर्व अध्यक्ष, लाइन्स अफ कोहलपुर कस्तुवीको पूर्व अध्यक्ष, लोक तथा दोहरी प्रतिष्ठान बाँकेको सल्लाहकार, उद्योग वाणिज्य संघ कोहलपुरको वाणिज्य तर्फको उपाध्यक्ष हुँदै नेपाली कांग्रेस १४ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि भई स्थापित नेतृका रुपमा लोकप्रिय छिन् । उनले कोहलपुरको मुटुमा उनले द कलेक्सन फेन्सी स्टोर सञ्चालन गर्दै आएकी छिन् ।

उनले कोभिड-१९ को समयमा पनि आर्थिक विपन्न महिलाहरुका लागि सुत्केरी पौष्टिक आहार तथा खाद्यान्न वितरण कार्यलाई कार्यन्वयनमा ल्याएर आम कोहलपुरबासी महिला दिदिबहिनी तथा आमाहरुमा परिचित एवं सहयोगी नेतृका रुपमा स्थापित छन् ।

उनले हरेक वर्ष अपाङ्गगता भएका बालबालिका र निल सागरमा गई बृद्धाबृद्धहुँदै चप्परगौडीमा रहेको साँस्कृति विद्यालयमा आफ्नो जन्मदिनमा मनाउने गछिन् । कोहलपुर क्षेत्रमा आवश्यक खाद्य तथा शैक्षिक सामग्री वितरण गर्दै दरिलो समाजसेवा एवं शैक्षिक सेवामा समर्पित रहेकी छिन् ।

उनी कोहलपुरका विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक कार्यलाई प्राथमिकता राखेर अगाडी बढेकी छिन् । उनको मूख्य उद्देश्य भनेको नै कोहलपुरमा रहेका पिछडा, विपन्न, असहाय, एकल, विदुवा आर्थिक रुपले महिलाहरुको लागि सहयोग गर्ने रहेको छ ।

उनी एक सक्षम तथा सवल नेतृ हुन् । उनीमा आम महहलाहरुको नेतृत्व सहज रुपमा गरेर सक्षमताका साथ महिला अधिकार मात्र होइन आम पुरुषहरुका विभिन्न अधिकारको लागि लडेर कोहलपुरलाई समृद्ध कोहलपुर बनाउने योजना रहेको छ ।

कोहलपुरमा पुर्ण अधिकारबाट बन्चित महिला तथा सुकुम्बासी महिला तथा पुरुषहरुका लागि आफु सधै लडेर उनीहरुको स्तर बृद्धि गर्ने योजना छ ।

हिजोका दिनमा कोहलपुर नगरमा बसोबास गर्ने महिला वा पुरुष, पिछडा वर्ग लगायत विभिन्न क्षेत्रमा पछाडी परेकाहरुको लागि अहोरात्र खटिने आफनो नीति रहेको छ ।

समृद्ध कोहलपुर तथा नमूना नगरका रुपमा स्थापित गरीचम क्षेत्रकै एक उज्वल नगर बनाउने उनको लक्ष्य रहेको छ । उनी युवा नेतृ हुन त्यसमा पनि मेयर पनि युवा भएकाले कोहलपुर बासीका लागि आफुहरु सधै ततपर भएर काम गर्ने प्रतिवद्धता रहेको छ ।

आफु एक संगीतकार तथा कलाकार भएको नाताले आम कलाकारिताको क्षेत्रमा आफनो योगदान रहने तथा कलाकारिता क्षेत्रको विकास गर्ने लक्ष्य रहेको छ । व्यापारी भएको हैसियतले आम व्यापारीका मुद्धामा आफु लागि रहने तथा आम व्यापारीमा भएको दोहोरो करलाई मूक्त गर्ने उनको प्रतिवद्धता छ ।

आफ्नो पार्टीले अगाडी सारेको घोषणा पत्र मा भएका एजेण्डाहरुलाई पूर्ण रुपमा कार्यन्वयन गर्ने र दस्तावेजका रुपमा लिएर काम गर्ने अठोट छ । त्यसकारण आगामी निर्वाचनमा मेयर पूर्ण प्रसाद आचार्य तथा उप-मेयर संगिता सुवेदीलाई अत्याधिक मतले विजय बनाउन आम कोहलपुर बासीमा उनको अनुरोध छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख २० गते मंगलबार