Kohalpur Today Header Ads

प्राध्यापक, शिक्षक र बुद्धिजीवीहरूकाे प्रतिबद्धता : ‘नेपाली कांग्रेस पार्टीलाई जिताउन सबै लाग्छाैं’




Sagarmatha CC TV

काेहलपुर ।

आगामी बैशाख ३० गतेको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस समर्थन र शुभेच्छुक संघ-संस्थामा आबद्ध प्राध्यापक, शिक्षक तथा प्राध्यापक बुद्धिजीवीहरुसंग कोहलपुरमा चुनाव जिताउने रणनीतिक योजना तयार गर्ने उदेश्यले अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा अग्रज नेताहरु बलराम शर्मा, भानुभक्त भट्टराई, राजेन्द्र श्रेष्ठ, फुलाराम थारु लगायतले पुर्ण प्रसाद आचार्यको नेतृत्व गरेको नेपाली कांग्रेस पार्टीलाई जिताउन सबै लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कोहलपुरमा सहज रूपमा जित सुनिश्चित भएको अग्रज नेताहरुले बताएका थिए ।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

यस्तै मेयर पदका उम्मेदवार पुर्ण प्रसाद आचार्यले कोहलपुरको विकासको लागि आफू अहोरात्र लाग्ने, युवाहरूलाई सहज रूपमा रोजगारीको अवसर प्रदान गर्ने, एकल महिला, असहाय, आम गरिव, जनजाती, अल्पसंख्यक लगायत सिमान्तकृतहरुको हक अधिकारको लागि आफू लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आगामी पाँच वर्षभित्र कोहलपुरलाई समृद्ध बनाउने, शैक्षिक हव बनाउने, स्वास्थ हव बनाउने र देशकै नमूना नगरपालिका बनाउने सवालमा आफ्नो योगदान दिने बचन दिएका छन् ।

उनले नेपाली कांग्रेस कोहलपुरको घोषणा पत्रलाई एजण्डा गत रूपमा पाँच वर्षभित्र कार्यन्वयन गर्ने र त्यसको लागि बुद्धिजीवीको साथमा आफू काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनी ३५ बर्से युवा हुन पनिमा स्वार्थ छैन द्वन्द्वको पीडाबाट जागेकोले त्यसको तितो यथार्थतालाई ध्यान दिएर उर्जाका साथ काम गर्ने बताए ।

कार्यक्रम उपमेयर पदका उम्मेदवार संगिता सुवेदीले आफुहरुआम जनताको मन, वचन र कर्मले लागेर आगामी चुनाव एकिकृत भएर विजय प्राप्त हुने विश्वास दिलाएकी थिइन् । अहिले सबै अग्रज नेतृत्वहरुले एकिकृत भएर लाग्ने र विजय हात आएको बेलामा आम कोहलपुरबासीका सवालहरु पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रम नेपाल शिक्षक संघ कोहलपुर नगर कार्यसमितिका अध्यक्ष दिपक मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्राध्यापक, शिक्षक लगायत बुद्धिजीवी कर्मचारीहरुले राय सल्लाह दिएका थिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १७ गते शनिबार