कोहलपुरमा नेपाली काँग्रेसका मेयर आचार्य र उप-मेयर सुवेदी को हुन् ?

काेहलपुर ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा नेपाली काँग्रेसबाट बलियो उम्मेदवारहरु उठाएको छ । काँग्रेसबाट कोहलपुरको मेयरमा पूर्ण आचार्य र उपमेयरमा संगिता सुवेदी टिकट पाएका छन् । अहिले हरेक चोक, चिया पसलदेखि सबै स्थानमा मेयरमा पूर्ण आचार्य र उपमेयर संगिता सुवेदी को हुन् ? भन्ने विषयमा निकै चर्चाको विषय बनेको छ ।

आज १६ गते स्वतन्त्र उम्मेदवारी दिएका बलराम शर्माले मेयर पदका उम्मेदवार आचार्य र संगिता सुवेदीको सम्पूर्ण टिमलाई जिताउनका लागि लाग्ने भनी प्रतिबद्धता व्यक्त गरेपछि अहिलेको अवस्थामा कांग्रेसको लागि सुरक्षित मानिएको छ । ‘म नगरपालिकाको मेयरमा चुनाव लड्ने मनस्थिति बनाएरै अघि बढिसकेको थिए, पार्टीले टिकट दिएको छ अब चुनाव जित्ने आत्मविश्वास पनि छु, युवा नेता आचार्यले भने ।

आचार्य कोहलपुर नगरपालिकाको मेयर पदको प्रबल दाबेदार मानिएका छन् । ८ वर्षदेखि नेबिसंघ बाँकेको अध्यक्ष पदमा रहँदै आएका नेता आचार्य कोहलपुर नगरभित्र धेरै लोकप्रिय छन् । कोहलपुर नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा आचार्य नेबिसंघको बिद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा छिर्दै बाँके कांग्रेसको जिल्लास्तरका एक प्रभाशाली युवा नेताका रुपमा चिनिन्छन् । युवा नेता आचार्य संकटमा समेत सक्रिय बनेका कारण सबैको प्रिय रहेको स्थानीयहरु बताउँछन् । उनले कोरोना महामारीको बेला ‘हुने खानेले हुँदा खानेलाई सहयोग गरौ’, भन्ने अभियान सञ्चालन गरी कोहलपुर नगरपालिका भित्रका अति विपन्न र भोकमरीमा परेका १ हजार बढी परिवारलाई खाद्यान्नको जोहो गरेका कारण पनि गरिब दुःखीहरुको माया पाउनेमा ढुक्क छन् ।

यति मात्रै होइन, कोरोना सन्त्रासका कारण धेरै नेताहरु घरभित्र सीमित रहेको बेला आचार्यको सक्रियता लोभलाग्दो रहेको कोहलपुरका स्थानीयहरु बताउँछन् । नेता आचार्यले कोरोना महामारीकै समयमा कोहलपुर नगरपालिकाभित्र सञ्चालित क्वारेन्टाइनमा आफ्नै ब्यक्तिगत लगानीमा हरियो तरकारी वितरण गर्दै कोरोना संक्रमितहरुका लागि स्वास्थ्य सामग्री वितरणमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । संकटका बेला गरेको सहयोगकै कारण नेता आचार्य सबैका प्रिय पात्र हुन् । आचार्यले द्वन्दकालमा हत्या गरिएका नेबिसंघका नेता चोक बहादुर खत्रीको नाममा कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १ लाख ५० हजार रुपैयाँको छात्रवृत्ति कोष र राम माध्यमिक विद्यालय कोहलपुर १४ मा शहिद जागेश्वर थारुको नाममा १ लाख रुपैयाँको छात्रवृत्ति कोषको स्थापना गरेर सामाजिक कार्यमा एक अब्बल सहयोगी नेताका रुपमा समेत आफूलाई स्थापित गरिसकेका छन् ।

युवा नेता आचार्यले आफूलाई उम्मेदवार बनाउन पार्टी समक्ष यी आधारहरु प्रस्तुत गरेका छन् ।

१. नेपाली कांग्रेसमा ५ दशकदेखि निरन्तर निश्वार्थ र निष्ठापूर्वक पारिवारिक लगानी भएको ।
२. माओवादीको सशस्त्र हिंसामा हजारौंको संख्यामा भएका द्वन्द पीडित (सहिद, बिस्थापित एबम् अङ्गभङ्ग भएका) परिवारको प्रतिनिधि पात्र जिउँदो शहिद परिवारको सदस्य ।
३. स्थानीयदेखि केन्द्रसम्म साझा सामाजिक संघसंस्थाहरुमा रही कुशल र सफल नेतृत्व गरेको अनुभव भएको ।
४. विगत २० बर्षदेखि नेपाल बिद्यार्थी संघको विभिन्न पदमा रही कार्य गर्दै आएकोमा पछिल्लो ८ बर्षदेखि नेपाल विद्यार्थी संघ बाँकेको जिल्ला अध्यक्ष भई कुशलतापूर्वक संगठनको नेतृत्व गर्दै आएको ।
५. पार्टीको १३औं महाधिवेशनमा तत्कालीन मध्यपश्चिम क्षेत्रबाट सबैभन्दा सानो उमेरमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएको ।
६. पार्टीको १४औं महाधिवेशनमा लोकप्रिय मतका साथ महासमिति सदस्यमा निर्वाचित भएको ।
७. बहुसंख्यक युवा मतदाताहरुको सहभागिता रहने आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिसँग बितृष्णा र टाढा रहेका युवाहरुलाई नेपाली कांग्रेस पार्टीसँग जोड्न र परम्मपरागत पार्टी ९बुढो पार्टी० को बुढो सोच भन्ने आरोपलाई खण्डन गर्न ।
८. बिश्वबिद्यालय तहको शैक्षिक योग्यता हासिल गरेको, पार्टीप्रति समर्पित, क्रियाशील र पार्टीको हरेक निर्णयका पक्षमा अनुशासित र मर्यादित रही आफ्नो कर्तब्य पूरा गरेको ।
९. समग्र कोहलपुरको विकास र समृद्धि प्राप्तिमा विभिन्न वर्ग, जात, लिङ्ग, क्षेत्र र समुदायको पाको र पछिल्लो पुस्ताको सेतुका रुपमा प्रस्तुत हुन सक्ने विश्वास रहेको ।
१०. नेपाली कांग्रेस पार्टीले बजार क्षेत्रबाट मात्रै उम्मेदवार बनाउँछ भनेर लाग्ने गरेको आरोपलाई चिर्न ।

यस्तै संगिता सुवेदी कोहलपुर नगरपालिका ११ की स्थानीय बासिन्दा हुन् । कोहलपुर जेसीसहुँदै पार्टी राजनीतिमा आएकी उनको विभिन्न संघसंस्थामा समेत राम्रो पहिचान कमाउँदै नगरभित्र धेरै लोकप्रिय छिन् । उनी कोहलपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष, कोहलपुर जेसीस वर्ष २०१९ को अध्यक्ष, लाइन्स क्लब कोहलपुर अध्यक्ष समेत रहेकी छिन् । कोहलपुरका जनताहरुलाई संकटको बेलामा खाद्यान्न, पौष्ठिक आहारा, प्राकृतिक अक्सिजन जोहो गरेका कारण पनि गरिब दुःखीहरुको माया पाउनेमा ढुक्क छन् । यति मात्रै होइन, कोरोना सन्त्रासका कारण धेरै नेताहरु घरभित्र थिए तर सुवेदी सुत्केरी महिलादेखि विपन्न बालबालिकाको घरसम्म पुगेको कोहलपुरका स्थानीयहरु बताउँछन् ।

युवा नेतृ सुवेदीले यी आधारहरु प्रस्तुत गरेकी छिन् ।

१. नेपाली कांग्रेसमा १ दशकदेखि निरन्तर निश्वार्थ र निष्ठापूर्वक पारिवारिक लगानी भएको ।
२. कोहलपुरको विकास र समृद्धिका लागि युवाको आवश्यकता भएको ।
३. स्थानीयदेखि केन्द्रसम्मका सामाजिक संघसंस्थाहरुमा रही कुशल र सफल नेतृत्व गरेको अनुभव भएको ।
४. समग्र कोहलपुरको विकास र समृद्धि प्राप्तिमा विभिन्न वर्ग, जात, लिङ्ग, क्षेत्र र समुदायको पाको र पछिल्लो पुस्ताको सेतुका रुपमा प्रस्तुत हुन सक्ने विश्वास रहेको ।