कोहलपुर ।
कोहलपुरमा रक्सी खाएर जनता र्थकाउने र अराजकता नेतृत्व आवश्यकता छैन भन्छन्, कोहलपुर नगरपालिका वडा नम्बर ५ का नन्दराम थारु । मैले ३ मिनेट २५ सेकेन्डको भिडियो हेरे, कहिलेको भिडियो हो मलाई थाहा छैन, अहिले एमालेबाट मेयर पदमा उठेका खिल प्रसाद भूषालको । त्यहाँ जनता जनता जस्तो मानेको छैन, कस्तो अराजकता, नैतिकता नभएको, रक्सी खाएर जनतालाई, तैले दिएको भोट होइन, पार्टीले दिएको भोट भन्दै र्थकाउने पार्टी हामीलाई चाहिएको होइन्, हामीलाई विकासप्रेमी नेता चाहिएको हो, थारु भन्छन् । ‘कोहलपुरमा विगत पाँच वर्षसम्म एमालेले कोहलपुरमा नेतृत्व गरेको थियो तर गाउँघरमा भने जस्ताको त्यसै समस्या छ’ उनले भने, ‘गम्भिर भएर भने, पार्टी पार्टीभन्दा भन्दै हामी चुर्लुम्मै डुबेका रहेछौं ।’
कोहलपुर लालपूर्जा वितरण गर्ने एमालेको मुख्य चुनावी एजेण्डा थियो त्यो कागजमै सिमित भयो भन्छन्, कोहलपुर नगरपालिका वडा नम्बर १२ का स्थानीय कविराम डाँगी । उनी स्थानीय समाजसेवी पनि हुन् । ‘चप्परगौडीदेखि भित्र जाने बाटोमा बनाएको गेट, सडक र भवन बनायो कति लाखौंको भष्टाचार भएको आक्रोस सहित आरोप लगाए । ‘त्यो मात्र होइन पक्की सडक बनायो त्यो एक महिना नै टिकेन’ उनी आक्रोस हुँदै भने । तर यो पार्टीलाई भोट हाल्छु भनेन् अहिले विकास प्रेमी नेतृत्वलाई भोट हाल्छु, त्यसकाे लागि कोहलपुरको लागि नरेन्द्र न्यौपाने एक मात्र विकल्प रहेकाे उनले दाबी गरे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्