बाँसगढीमा १ सय ८१ जनाले गरे मनोनयन दर्ता




काेहलपुर ।

बर्दियामा रहेकाे बाँसगढी नगरपालिकामा १ सय ८१ जनाले मनोनयन दर्ता गएका छन् । निर्वाचन कार्यतालिका अनुसार आईतबार र सोमबार गरी हाल सम्म १ सय ८१ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

कार्यालयका अनुसार नगरपालिका प्रमुखका लागि ९ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै पालिका उपमेयरका लागि ४ जना, वडा अध्यक्ष ३६ र १ महिला गरी ३७ जना, खुल्ला सदस्य ६६ र महिला सदस्य १ जना गरी ६७ जनाले मनोनयन दर्ता गरेकाे जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

यस्तै खुल्ला सदस्यमा ६७, दलित महिला सदस्य ३१, महिला सदस्य ३३ जनाले मनोनयन दर्ता गरेका छ्न् ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १२ गते सोमबार