काेहलपुर ।
देश चलाउने राजनीतिक दलका नेतृत्वहरु अहिले पार्टीलाई खेलाउना जस्तै सोच्न थालेका छन् । पद पाउँदासम्म पार्टीको नेतृत्व गर्ने नपाउँदा स्वतन्त्र उम्मेद्वार दिने परिपाटी चलेको छ । जबसम्म पार्टीले आफुलाई मात्र नेतृत्व दिन्छ तबसम्म आफ्नो पार्टी राम्रो लाग्ने गरेको देखिन्छ ।
अन्तिममा आफुले नपाउने भएपछि पार्टी परित्याग गरी स्वतन्त्र उठ्ने गरेको परिपाटी नेताहरुमा रहेको पाइएको छ । बाँकेमा पनि सोमबार कोहलपुर नगरपालिकाको मेयरमा कांग्रेसले टिकट नदिएपछि बलराम शर्माले बागी उम्मेद्वारी दिएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ (ख) का सभापति शर्माले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।
यस्तै नेपालगञ्जमा वडा.नं ५ को वडा अध्यक्षको लागि अब्दुल अजिजले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । यस्तै थुप्रै नेताहरु निर्वाचनको मुखमा पार्टी त्यागेर स्वतन्त्र उम्मेद्वार दिने गरेका छन् । अहिले यो बाँकेमा मात्र नभएर देशभर यस्तै छ । सामान्य पार्टी विवाद, पद नपाउँदा सजिलै पार्टी त्यागेर स्वतन्त्र उम्मेद्वार गर्ने गरेको पाइएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्