रावन विश्वकर्मा,
बर्दियाको बाँसगढीमा तामझामका साथ दलहरुले मनोनयन दर्ता गराएका छ । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सोमबार बाँसगढीमा ३ ठुला दलहरुले बाजागाँजा र भव्य र्याली सहित मनोनयन दर्ता गराएका हुन् ।
सुरुमा नेकपा एमाले, दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा नेकमा माओवाली केन्द्र र नेकपा एकिकृत समाजवादीको गठबन्धनको तर्फबाट उम्मेदवारहरुले मनोनयन पत्र दर्ता भएका थिए भने अन्य साना दलहरुले समेत उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो स्थानिय निर्वाचनमा मेयर उपमेयर एमालेले जितेको बाँसगढीमा यस पटक ३ ठुला दलका मेयरका उम्मेदवार सबै बलिया देखिएकाले प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेको तर्फबाट मेयर पदको लागि नेकपा एमालेका केन्द्रिय सदस्य खड्क बहादुर खड्का, नेपाली काँग्रेसको तर्फबाट बर्दिया क्षेत्र नं १ क का सभापति ¬¬¬सविन कुमार थापा र नेकपा माओवादी र एकितृत समाजबादीको तर्फबाट नेकपा माओवादी केन्द्र बर्दिया जिल्ला अध्यक्ष भवन कुमार थारुले उम्मेदवारी दर्ता गराउनु भएको छ । भने जनता समाजवादी पाटीको तर्फबाट बाँसगढी नगरपालिकाको मेयर पदमा बिपिन पौडेलले समेत उम्मे्दवारी दिनुभएको छ । त्यस्तै उपमेयर पदका लागि एमालेबाट ईन्दिरा चौधरी, काँग्रेसबाट आकाश थारु(सोमती) र माओवादीबाट भुमी बिटालुले उम्मेदवारी दिनु भएको छ । त्यस्तै १ नम्बर वडा अध्यक्षको लागि काँग्रेसबाट रत्न जैसी, एमालेबाट नैन बहादुर विसी, माओवादीबाट जयराज पाण्डे, २ मा काँग्रेसबाट मिनु मल्ल, एमालेबाट अर्जुन खड्का, माओवादीबाट गोबिन्द हमाल, ३ मा काँग्रेसबाट जस बहादुर थापा, एमालेबाट देव बहादुर भण्डारी, माओवादीबाट रामचन्द्र थारु, ४ मा काँग्रेसबाट सालिकराम थारु, एमालेबाट कृष्ण प्रसाद बास्तोला, माओवादीबाट नरेन्द्र पराजुली, ५ मा काँग्रसबाट दहवा थारु, एमालेबाट हरि पौडेल, माओवादीबाट रेशम अधिकारीले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
त्यस्तै ६ नम्बर वडा अध्यक्ष पदको लागि काँग्रेसबाट ईन्द्रजित बुढाक्षेत्री, एमालेको तर्फबाट जयराम थारु, गठबन्धनको तर्फबाट एकिकृत समाजबादीका लाल बहादुर क्षेत्री, ७ मा काँग्रेसको तर्फबाट बलिराम थारु, एमालेबाट आईतवारी थारु, माओवादीबाट प्रदिप थारु, ८ मा काँग्रेसबाट कालिराम थारु, एमालेबाट तुल प्रसाद गौतम, गठबन्धनको तर्फबाट एकिकृत समाजबादीबाट प्रेम खड्का र ९ नम्बर वडा अध्यक्षको लागि काँग्रेसबाट चन्द्र शाही, एमालेबाट केशर बहादुर बाठामगर र माओवादी केन्द्रको तर्फबाट दान बहादुर विकले उमेद्धारी दिएका छन् । उम्मेदवारी दर्ताका लागि विभिन्न वडाहरुबाट ३ वटै पाटी दल बल सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । बाँसगढीको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपुर्ण रुपमा उम्मेदवारहरुको मनोनयन गर्दा गर्ने कार्य भएको सहायक निर्वाचन अधिकृत डिल्लीराम आचार्यले जानकारी दिनुभयो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्