कोहलपुर वडा नम्बर ९ मा ओपेन्द्र नाथ योगी बलियो उम्मेदवार

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा कोहहलपुर वडा नम्बर ९ मा अध्यक्ष पदका उम्मेदवार ओपेन्द्र नाथ योगी सक्षम र बलियो उम्मेदवार हुन् । उनको विभिन्न संस्था, चोक, चिया पसल, रेष्टुरेण्ट तथा अन्य सार्वजनिक क्षेत्रहरुमा माओवादी केन्द्रबाट बलियो उम्मेदवार योगी हुन भन्ने चर्चा चुलिँदै आएको बेलामा योगी नै अध्यक्ष पद आंकाक्षी देखिएपछि जनताहरु झ्न खुसी भएका छन् ।

उनले २०४६ सालमा जनता माध्यमिक विद्यालय रागेचौरमा मावि एकाई कमिटिमा सचिव पदबाट विद्यार्थी राजनीतिक सुरु गरेका थिए । २०५१ सालमा ५ औं अधिवेशनबाट जिल्ला कमिटि सदस्य सर्वसम्मत चुनिए । यस्तै उनी ११ औं सम्मेलनबाट राष्ट्रिय सम्मेलनका प्रतिनिधि हुँदै २०५२ सालमा नेपाल कम्प्यूनिष्ट पार्टी (माओवादी केन्द्र) को असोज ३० गते पार्टी सदस्यता प्राप्त भयो । पार्टी सदस्यता प्राप्त भएपछि माघ २७ गतेबाट पार्टीको पूर्णकालिन सदस्य भए ।

फेरी फागुन १ गते अर्धभूमिगत सञ्चार विभागमा पूर्ण जिम्मेवारी प्राप्त गरी काम गरे । अध्यनको शिलशिलामा सुर्खेत २०५५/०५६ मा सुर्खेत क्याम्पस शिक्षाको इकाई समितिको अध्यक्ष भएर काम गरे । सुर्खेतको दुई वर्षको बसाईपछि उनले सल्यानबाट बर्दिया बसाईसराई २०५७ सालमा आए । उनी बर्दियामा ७ वर्ष बसे । फेरी उनी बाँकेको कोहलपुर नगरपालिका हवल्दारपुरमा २०६४ सालमा बसाईसराई गरे । कोहलपुरमा बसाईसराई भएपछि रझेना गाउँ कमिटीमा सदस्य भएर काम गरे । उनले निकै पार्र्टीमा संघर्ष र बलिदानका साथ उत्कृष्ट काम गरेको देखेर होला उनलाई बाम गठबन्धन भएको बेलामा जिल्ला कमिटि सदस्य भए । अहिले कोहलपुर नगर कमिटि सदस्य भएका छन् ।

कोहलपुरमा बसाईसराई सरी आएपछि विभिन्न संघसंस्थाहरुमा आवद्ध भई उत्कृष्ट काम गरेका छन् । मर्माली कृषि सहकारी संस्था लि.का उपाध्यक्ष, नेपाल राष्ट्रिय उद्योग व्यपार संगठन कोहलपुरको कोषाध्यक्ष, सल्यानी समाज बाँकेको सल्लाहाकार, बारपन्थीनाथ योगी समाज बोर्ड सचिव र भेरी राप्ती खानेपानी तथा सरसफाई आयोजना कोहलपुरका अध्यक्ष र उषा हरियाली स र भेरी राप्ती खानेपानी तथा सरसफाई आयोजना कोहलपुरका अध्यक्ष र उषा हरियाली सामुदायिक उपभोक्ता समितिको सदस्य रहेका छन् । उनको मिजासीलो स्वभाव छ, उनी सबैसंग तत्काल भिज्न सक्ने र हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने युवा नेता हुन् । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार, विद्युत, सडक लगायतका विभिन्न क्षेत्रमा आमुल परिवर्तन ल्याउने सोचका साथ अहिले वडा अध्यक्षको आंकाक्षी देखिएका हुन् ।

किन वडा अध्यक्षको लागि आंकाक्षी छन् योगी ?

कोहलपुर वडा नम्बर ९ को समग्र विकास र समृद्धिका लागि अध्यक्ष पदमा आंकाक्षी छु । विगत लामो समयदेखि वडामा भएका समस्या र त्यसको उपायको बारेमा म विज्ञ छु । अहिले वडामा सार्वजनिक प्रशासन/सुशासन/सामाजिक सुरक्षा, भूमि नीति तथा व्यवस्था, कृषि, पुर्वाधार विकास, व्यापार/व्यवसाय /कर तथा अर्थ व्यवस्था, आर्थिक नीति तथा श्रोतको परिचालन, पर्यटन व्यवसायको पर्वद्धन र विकास शिक्षा र स्वास्थ्य, युवा /खेलकुद तथा स्वरोजगार, सांस्कृति /संस्कार/धर्म, आदिवासी /जनजाति /थारु/दलित मुस्लीम/मधेशी नीति, जनयुद्धकालिन सहिद, वेपत्ता योद्धा, शान्ति सुरक्षा र न्याय व्यवस्था, सुचना तथा सञ्चार र गैर सरकारी संघ–संस्था र परिचालनका विषयमा काम गरेर देखाउनेछु ।

कोहलपुर टुडेले अध्यक्ष पदका आंकाक्षी योगीसंग गरिएको सम्पादित कुराकानीको अंश ।