बाँसगढीमा माओवादी र एकिकृत समाजबादी विच गठबन्धन

रावन विश्वकर्मा, बर्दिया

बर्दियाको बाँसगढीमा माओबादी केन्द्र र एकिकृत समाजबादी विच गठबन्धन भएको छ । ९ वडा रहेको बाँसगढी नगरपालिकामा २ वडा अध्यक्ष र अन्य वडामा वडा सदस्य एकिकृत समाजवादी र मेयर उपमेयर, ७ वटा वडा अध्यक्ष र वडा सदस्य नेकपा माओवादी केन्द्रले लिने सहमती भएको छ । नेपाली काँग्रेस विच पनि लामो समय देखी गठबन्धनको प्रयास गरे पनि लगभग गठबन्धनको सम्भावना टरेको र अव माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजबादी पाटी विच गठबन्धन गर्ने सहमती गरिएको हो ।

गठबन्धनको तर्फबाट मेयर उपमेयर माओवादी केन्द्रले ६ र ८ नम्बर वडा अध्यक्ष नेकपा एकिकृत समाजबादीले लिने सहमती भएको छ । त्यस्तै समाजबादीले २,३,४,८ र ९ वडामा १ जना वडा सदस्य, ५ नम्बर वडामा २ जना वडा सदस्य दिने दुबै दल विच सहमती भएको नेकपा माओवादी केन्द्रका बाँसगढी नगर उपाध्यक्ष भिम खत्रीले जानकारी दिनु भयो ।

गठबन्धनको तर्फबाट मेयरमा भवन कुमार थारु, उपमेयरमा भुमी बिटालु, १ नम्बर वडा अध्यक्षमा जयराज पाण्डे, २ मा गोविन्द हमाल, ४ मा नरेन्द्र पराजुली, ६ मा एकिकृत समाजवादीका लाल बहादुर क्षेत्री ८ मा एकिकृत समाजबादीका प्रेम खड्का वडा अध्यक्षको उमेद्वार रहने छन भने ३, ५ र ७ नम्वर वडामा माओवादीबाट टुंगो लगाउन बाँकी रहेको जनाईएको छ । ११ गते नै सबै वडाका उमेद्वारहरुको टुंगो लगाएर १२ गते दिउसो १ बजे मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको समेत जनाईएको छ । केही दिन अघि एकिकृत समाजबादीले मेयरमा तिलक हमाल र उपमेयरमा मनु अधिकारीलाई उमेद्धार बनाउने जनाएको थियो ।
¬¬