राप्रपाले कोहलपुरको मेयर र उपमेयर टुंगियो, मेयरमा शाह र उपमेयरमा घिमिरे

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव सरगर्मी बढ्दै गइरहेको बेलामा कोहलपुरमा राप्रपाले मेयर उपमेयर टुंग्याएको छ । शनिबार एक औपचारिक कार्यक्रम गरी मेयर उपमेयर टुंग्याएको हो ।

मेयरमा प्रदिप शाही र उपमेयरमा सावित्रा घिमिरे सर्वसम्मत चयन भएका हुन् ।

किन चुनाव लड्दैछन् प्रदिप शाह

कोहलपुरको विकास र समृद्धिका लागि चुनाव लड्दैछन् । कोहलपुरको बारेमा विगत लामोसमयदेखि बुझ्दै आएको छन् । कोहलपुर नगरपालिका भित्र के के समस्या छन् त्यसको उपायको बारेमा उनी विज्ञ छन् ।

उनले सबैभन्दा ठुलो समस्या भनेको शिक्षा, स्वास्थ्य, कृषी, विद्युत, खोपानी, स्वरोजगार, १२ वडा देखि ७ नम्बर वडासम्म तटबन्ध गर्ने, शव व्यवस्थापन, फोहोर व्यवस्थापनको दिगो विकास गर्ने, स्वदेशी उत्पादनलाई बृद्धि बजारीकरण गर्ने र उद्यमीहरुलाई शौलियत ऋणको सुविधा दिने लगायतका विषयमा पूर्ण रुपमा परिवर्तन गरी कोहलपुरलार्ई समृद्ध बनाउने योजना छ । तर उनको केन्द्रदेखि वडा स्तरसम्म निकै राम्रो पकट क्षेत्र बनाएका छन् ।