माओवादीले वडा अध्यक्षदेखि सदस्यसम्म उम्मेदवार टुंगो लगायो

कोहलपुर ।

राप्तीसोनारी गाउँपालिकामा सत्ता गठबन्धन नहुने भएको छ । चैत महिनादेखि आज दिउँसो सम्म गठबन्धनको बैंठक बसेको थियो तर गठबन्धनको टुंगो नलागेपछि माओवादी केन्द्रले आफ्ना उम्मेदवार टुंगो लगाएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष निर्मल धर्तीको अध्यक्षतामा बसेको बैंठकले वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष धर्तीका अनुसार पालिकाको अध्यक्ष र उपाध्यक्षको टुंगो आज साँझ लगाउने कोहलपुर टुडेलाई जानकारी दिए ।

यस्तै वडा अध्यक्षहरुमा वडा नम्बर १ मा हंश बहादुर कुमाल, वडा न. २ मा तिलक घर्ती, वडा न. ३ मा हरि प्रसाद चौधरी, वडा न. ४ मा मिनराज खड्का (सन्तोष) वडा न. ५ मा झगरु थारु, वडा न. ६ मा जनक बहादुर थारु, वडा न. ७ मा राम लखन थारु, वडा न. ८ मा बिष्णु के.सी र वडा न. ९ मा देवीराम थारु रहेका छन् ।

यस्तै सदस्यहरुमा वडा नम्बर १ मा शर्बण खड्का, सुरेश महरा, खुल्ला सदस्यमा कमला चौधरी र दलित महिला सदस्य लक्ष्मी सुनार रहेका छन् ।

यस्तै वडा नम्बर २ मा खुल्ला सदस्य कैलास जैसी, भंगी थारु, खुल्ला महिला सदस्यमा जमुनी बादी र दलित महिला सदस्य दिल माया बि.क. रहेका छन् ।

यस्तै वडा नम्बर ३ मा दुर्गा प्रसाद श्रेष्ठ, गजेन्द्र प्रसाद थारु, खुल्ला महिला सदस्यमा संगीता थारु र दलित महिला सदस्य कृष्णी बि.क. रहेका छन् ।

यस्तै वडा नम्बर ४ मा मंगरे थारु (मंगल), मदन थारु, सोहनी थारु र दलित सदस्य नुमा बि.क. रहेका छन् । यस्तै वडा नम्बर ५ मा राम लौटन थारु, वीर बहादुर गिरी, जानुका पुन मगर, दलित सदस्यमा कमला बि.क.रहेका छन् ।

यस्तै वडा नम्बर ६ मा सदस्य नर बहादुर पुन, चैत रानि थारु, दिल कुमारी पुन र दलित सदस्यमा बिष्णु कलि विश्वकर्मा रहेका छन् ।

यस्तै वडा नम्बर ७ मा इलाही गद्दी, जित बहादुर थारु, खुल्ला महिला सदस्यमा मिना बुढा र दलित महिला सदस्यमा जग राना हरिजन रहेका छन् ।

वडा नम्बर ८ मा सुभाष मरासिनी, मनोहर खनाल, खुल्ला महिला सदस्यमा अन्जना बस्नेत र दलित महिला सदस्यमा करुणा दमाई रहेका छन् ।

यस्तै वडा नम्बर ९ मा दल बहादुर खड्का, भद्र वीर खत्री, खुल्ला महिला सदस्यमा कृष्ण कुमारी बस्नेत र दलित महिला सदस्यमा पुष्पा परियार रहेका छन् ।