Kohalpur Today Header Ads

कोहलपुर वडा नम्बर १० मा अध्यक्षमा दिनेश सिग्देल बलियाे उम्मेदवार




आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव सरगर्मी बढ्दै गइरहेको छ । कोहलपुरका शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संघसस्था, चोक, चिया पसल, रेष्टुरेण्ट तथा अन्य सार्वजनिक क्षेत्रहरुमा नेपाली काँग्रेसबाट बलियो उम्मेदवार को हुने ? प्रश्नले निकै चर्चाको विषय बनेको छ ।

कोहलपुर वडा नम्बर १० मा नेपाली काँग्रेसबाट ७ जना वडा अध्यक्षको लागि आंकाक्षी बनेका छन् । जसमध्ये दिनेश सिग्देल बलियो उम्मेदवारको रुपमा चिनिन्छन् । उनका परिवारिक राजनीतिक पृष्ठभूमि नेपाली काँग्रेस नै हो । उनले सानैदेखि आमाबुवाबाट प्रेरित हुँदै पार्टीको राजनीतिक यात्रा सुरु गरेका थिए । उनले नेपाल विद्यार्थी संघको राजनीतिक यात्रा हुँदै १२ औं महाअधिवेशनबाट कोहलपुर नगर कार्यसमितिको सचिव समेत भएका थिए । शैक्षिक क्षेत्रदेखि सामाजिक क्षेत्रमा निकै लोकप्रियता कमाएका छन् ।

क्रिसाको दुई पटक अध्यक्ष हुँदै प्याब्सन बाँके जिल्ला उपाध्यक्ष भई शैक्षिक क्षेत्रको राम्रो र उत्कृष्ट नेतृत्व समेत गरेका छन् । कोहलपुरको पुरानो तथा परिचित संस्थागत विद्यालय रामजानकी माध्यमिक विद्यालयका प्रबन्धक निर्देशक हुन् । विज्ञान संकायबाट स्नातक गरेका सिग्देल आम कोहलपुर १० मा बस्ने युवाहरुका विच निकै लोकप्रिय रहेका छन् । उनको मिजासीलो स्वभाव छ, उनी सबैसंग तत्काल भिज्न सक्ने र हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने युवा नेता हुन् । शिक्षा, स्वास्थ्य, कृषी, खानेपानी, पूर्वाधार, विद्युत, सडक लगायतका विभिन्न क्षेत्रमा आमुल परिवर्तन ल्याउने सोचका साथ अहिले वडा अध्यक्षको आंकाक्षी देखिएका हुन् ।

LIfe Ok

किन वडा अध्यक्षको लागि आंकाक्षी छन् सिग्देल ?

कोहलपुर वडा नम्बर १० को समग्र विकास र समृद्धिका लागि अध्यक्ष पदमा आंकाक्षी छु । विगत लामो समयदेखि वडामा भएका समस्या र त्यसको उपायको बारेमा म विज्ञ छु । किनभने वडा नम्बर १० का जनताहरुसंग प्रत्यक्ष रुपमा सामाजिक काममा होस्, वा विकास निर्माणको काम होस्, वा आर्थिक तथा भौतिक रुपमा सहयोग होस्, वा अन्य कुनै क्षेत्रमा काम पर्दा निकट भएर काम गरेको छु ।

सबैभन्दा ठुलो समस्या भनेको शिक्षा, स्वास्थ्य, कृषी, विद्युत, खानेपानी, युवा स्वरोजगारका विषयमा उठान गरेको छु । यति मात्र होइन, हालको बन्दा बाँधलाई व्यवस्थित गरी आधुनिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने तथा डुडुवा खोलाले पुर्‍याएको क्षती कम गर्न तटबन्धनको व्यवस्था गर्ने योजना छ ।

कोहलपुर टुडेले अध्यक्ष पदका आंकाक्षी सिग्देलसंग गरिएको सम्पादित कुराकानी ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १० गते शनिबार