बाँके जिल्लामा सत्ता गठबन्धनका बैठकहरु विनै टुंगिएका छन् । चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरुको बैठकहरु सहमति विनै टुंगिएका छन् । नेपाली काँग्रेस, माओबादी केन्द्र, नेकपा एकीकृत समाजबादी, जनमोर्चा बीचमा जिल्लास्तरमा सहमती हुन नसकेपछि तल्लो कमिटिलाई अधिकार दिइएको हो ।
सरकारमा समाले जनता समाजबादी पार्टी (जसपा) शुरुवाती बैठकबाटै गठबन्धन नगर्ने गरि अघि बढेको छ । यता भने, नेपाली काँग्रेस र माओवादी केन्द्रले पनि आ-आफ्नै दावी गरिरहेका छन् । नेपाली काँग्रेसले नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारीको नेतत्व दाबी गरेको छ । माओवादी केन्द्रले पनि नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारीको मेयर दाबी गरेको छ । आज बसकेको बैंठक पनि सहमति विना सकिएपछि काँग्रेस र माओवादीको आ-आफ्नै दावीका कारणले गठबन्धन हुने वा नहुने देखिएको छ ।
पहिलो चुनावमा कुन पालिकामा कस्काे जित
स्थानीय निर्वाचन २०७४ मा बाँकेमा ८ स्थानीय तहमध्ये नेपाली काँग्रेसले नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको उपप्रमुख, डुडुवा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष र राप्तीसोनारीमा अध्यक्ष र उपाध्यक्ष जितेको थियो भने कोहलपुर ७, खजुरा २, जानकी १, डुडुवामा २, नरैनापुरमा ३, नेपालगञ्जमा ८, बैजनाथ २, राप्तीसोनारी ५, गरी जम्मा ३० वटा वडा जितेको थियो । माओवादी केन्द्रले ८ पालिकामा मध्ये कोहलपुर २, खजुरा १, जानकी १, नेपालगञ्ज ४, राप्तीसोनारी ३ गरी जम्मा ११ वटा वडा जितेको थियो ।
केही दिनमा नै गठबन्धन हुन्छ : तुफान
गठबन्धन भित्र भित्र रुपमा हुने ढुक्क छौं तर ट्वाकै माथिको आदेश जिल्लाबाटै नै कार्यन्वयन गराउँदा केही समस्या आउने भो त्यसैले केही दिन कसरत गरौं माओवादी केन्द्रका जिल्ला संयोजक डम्बर बहादुर विश्वकर्मा (तुफान)ले भने, अबको केही दिनभित्र गठबन्धन हुन्छ ।
गठबन्धन हुन्छ तर केही दावी स्वीकार्य छैन : गिरी
काँग्रेसले दावी गरेका पालिकामा माओबादीलाई उपाध्यक्ष दिन तयार छौं तर मेयर दिन तयार छैनौ यहि बिन्दु हो गठबन्धनमा समस्या आएको काँग्रेसका प्रबक्त डिल्ली गिरीले भने । केन्द्रिय सर्कुलर अनुसार २०७४ सालमा जितेको पालिकामा पार्टीलाई दिने र अन्य पार्टीले जितेको ठाउँमा मतभारका आधारमा निकटतमलाई दिने भनेको थियो । सो अनुसार बाँकेमा हुन सकेन त्यसैले सत्ता गठबन्धन दलबीच कुरा मिल्न सकेन ।
अब सत्ता गठबन्धन के हुन्छ ?
बाँकेमा गत चैत्र २० गतेदेखि बैशाख २ गतेसम्म निरन्तर बसेको सत्ता गठबन्धनको बैठकमा तालमेलबारे बृहत रुपमा छलफल गरेर गठबन्धन भित्रका पार्टीहरु स्थानीय अवस्था र आवश्यकताका आधारमा आपसी तालमेल गरेर निर्वाचनमा जाने र तालमेल गरेर जाँदा मित्रवत व्यवहार गर्ने सर्वसम्मत निर्णय समेत गरेका छन् । सोही निर्णय अनुसार पार्टीको पदाधिकारी बैठकले मातहतका निकायलाई निर्देशन दिइसकेका छन् । तर अहिले पार्टी भित्रका भागभण्डामा केही तलमाथि भएकै कारणले गर्दा सत्ता गठबन्धनमा समस्या देखिएको देखिन्छ । चैत २० देखि बैशाख २ गतेका निर्णयहरुलाई हेर्न हो भने अब बाँकेमा सत्ता गठबन्धबीच चुनावी तालमेल लगभग नहुने देखिछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्