भखरै नेपालगञ्जमा कार र माेटरसाइकमा ठाेकिँदा एकै परिवारका तीन सदस्य घाइते




कोहलपुर ।

बाँकेको नेपालगञ्जमा सडक दुर्घटनामा परी एकै परिवारका तीन जना गम्भिर घाइते भएका छन् ।  सुर्खेत रोड नेपालगन्ज एसबिआई बैंक नजिक नेपालगन्ज कटेज अगाडी बा १९ च २६९ नम्बरको कारले भे ११ प १०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिइ घाइते बनाएको थियो ।

बाइकमा सवार बुवा, आमा र छोरा गम्भीर घाईते भएका छन् भने छोराको टाउको फुटेर गिदी समेत सडकमा छरपस्ट भएको स्थानीयले बताएका छन् प्रत्यक्षदर्शीका अनुसार कार चालकले मापसे गरेको, खुट्टा टेक्ने हालतमा नभएको र बिपी चोक तिरबाट नै रङ्ग साईडबाट कार हाँकेर ल्याएको बताएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २९ गते बुधबार