९०० मत गन्दा उपसभापतिमा खड्काको अग्रता, गुरुङ दोस्रो स्थानमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार ९०० मत गन्दा पूर्णबहादुर खड्काले ३९५ र धनराज गुरुङले ३९२ मत पाएका छन् ।

त्यस्तै विजयकुमार गच्छदारले ३५५ र चन्द्र भण्डारीले ३५१ मत पाएका छन् । कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।