काेहलपुरकाे मेयरमा सक्रिय युवा नेता आचार्य सशक्त दावी, यस्ताे छ अधार हेर्नुहाेस् ।

बैशाख ३० गते हुने स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कुन पार्टीले कसलाई कहाँ उम्मेदवार बनाउँछ भन्ने चासो आमरुपमा छ । हरेक चोक, चिया पसलदेखि सबै स्थानमा को उम्मेदवार बन्छ भन्ने बिषयमा चर्चा चलिरहेको छ । निर्वाचन नजिकिँदै गर्दा बाँकेका ८ स्थानीय तह मध्ये यसअघि कांग्रेसले उपमेयर र धेरै जसो वडामा विजय हासिल गरेको कोहलपुर नगरपालिकामा यसपटक को(को उम्मेदवार बन्छन् भन्ने चासो सबैतिर छ ।

सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन बनेको अवस्थामा एउटा परिस्थिति बन्ला तर कांग्रेस एक्लै लडे पनि नतिजा आफ्नो पक्षमा पार्न सक्ने स्थिति रहेकाले कोहलपुर नगरपालिकाको मेयर र उपमेयरको टिकट कसले पाउँछ भन्ने चर्चा कांग्रेस बृत्तमा छ ।

कोहलपुर नगरपालिकाको मेयरमा अहिलेसम्म बलराम शर्मा, चिन्तामणि धिताल, भानुभक्त भट्टराई, पूर्ण आचार्य सञ्जु कुमारी थारु, चक्र अधिकारी, फुलाराम थारु र राजेन्द्र श्रेष्ठले पनि दाबेदारी गरिरहेका छन् ।

अहिलेको अवस्थामा कांग्रेसको लागि सुरक्षित मानिएको यो नगरपालिकामा आधा दर्जन बढीले दाबी गरिरहँदा महासमिति सदस्य युवा नेता पूर्ण आचार्यको सशक्त दाबेदारी छ । नगरपालिकाको मेयर लड्ने मनस्थितिका साथ आचार्य केही समय अगाडिदेखि नै तयारीमा जुटेका छन् । ूम नगरपालिकाको मेयरमा चुनाव लड्ने मनस्थिति बनाएरै अघि बढिसकेको छु, पार्टीले टिकट दिए चुनाव जित्ने आत्मविश्वास पनि छ,ू युवा नेता आचार्यले भने ।

आचार्य कोहलपुर नगरपालिकाको मेयर पदको प्रबल दाबेदार मानिएका छन् । ८ बर्षदेखि नेबिसंघ बाँकेको अध्यक्ष पदमा रहँदै आएका नेता आचार्य कोहलपुर नगरभित्र धेरै लोकप्रिय मानिन्छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा आचार्य नेबिसंघको बिद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा छिर्दै बाँके कांग्रेसको जिल्लास्तरका एक प्रभाशाली युवा नेताका रुपमा चिनिन्छन् ।

युवा नेता आचार्य संकटमा समेत सक्रिय बनेका कारण सबैको प्रिय रहेको स्थानीयहरु बताउँछन् । उनले कोरोना महामारीको बेला ुहुने खानेले हुँदा खानेलाई सहयोग गरौुं भन्ने अभियान सञ्चालन गरी कोहलपुर नगरपालिका भित्रका अति बिपन्न र भोकमरीमा परेका १ हजार बढी परिवारलाई खाद्यान्नको जोहो गरेका कारण पनि गरिब दुःखीहरुको माया पाउनेमा ढुक्क छन् । यति मात्रै होइन, कोरोना सन्त्रासका कारण धेरै नेताहरु घरभित्र सीमित रहेको बेला आचार्यको सक्रियता लोभलाग्दो रहेको कोहलपुरका स्थानीयहरु बताउँछन् ।

नेता आचार्यले कोरोना महामारीकै समयमा कोहलपुर नगरपालिकाभित्र संचालित क्वारेन्टाइनमा आफ्नै ब्यक्तिगत लगानीमा हरियो तरकारी बितरण गर्दै कोरोना संक्रमितहरुका लागि स्वास्थ्य सामग्री बितरणमा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । संकटका बेला गरेको सहयोगकै कारण नेता आचार्य सबैका प्रिय पात्र बनेको चर्चा सुनिन्छ ।

आचार्यले द्वन्दकालमा हत्या गरिएका नेबिसंघका नेता चोक बहादुर खत्रीको नाममा कोहलपुरस्थित त्रिभुवन माध्यमिक बिद्यालयमा १ लाख ५० हजार रुपैयाँको छात्रवृत्ति कोष र राम माध्यमिक बिद्यालय कोहलपुर १४ मा शहिद जागेश्वर थारुको नाममा १ लाख रुपैयाँको छात्रवृत्ति कोषको स्थापना गरेर सामाजिक कार्यमा एक अब्बल सहयोगी नेताका रुपमा समेत आफूलाई स्थापित गरिसकेका छन् ।

युवा नेता आचार्यले आफूलाई उम्मेदवार बनाउन पार्टी समक्ष यी आधारहरु प्रस्तुत गरेका छन् ।

१. नेपाली कांग्रेसमा ५ दशकदेखि निरन्तर निश्वार्थ र निष्ठापूर्वक पारिवारिक लगानी भएको ।

२. माओवादीको सशस्त्र हिंसामा हजारौंको संख्यामा भएका द्वन्द पीडित ९सहिद, बिस्थापित एबम् अङ्गभङ्ग भएका० परिवारको प्रतिनिधि पात्र जिउँदो शहिद परिवारको सदस्य ।

३. स्थानीयदेखि केन्द्रसम्म साझा सामाजिक संघसंस्थाहरुमा रही कुशल र सफल नेतृत्व गरेको अनुभव भएको ।

४. विगत २० बर्षदेखि नेपाल बिद्यार्थी संघको विभिन्न पदमा रही कार्य गर्दै आएकोमा पछिल्लो ८ बर्षदेखि नेपाल विद्यार्थी संघ बाँकेको जिल्ला अध्यक्ष भई कुशलतापूर्वक संगठनको नेतृत्व गर्दै आएको ।

५. पार्टीको १३औं महाधिवेशनमा तत्कालीन मध्यपश्चिम क्षेत्रबाट सबैभन्दा सानो उमेरमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएको ।

६. पार्टीको १४औं महाधिवेशनमा लोकप्रिय मतका साथ महासमिति सदस्यमा निर्वाचित भएको ।

७. बहुसंख्यक युवा मतदाताहरुको सहभागिता रहने आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिसँग बितृष्णा र टाढा रहेका युवाहरुलाई नेपाली कांग्रेस पार्टीसँग जोड्न र परम्मपरागत पार्टी ९बुढो पार्टी० को बुढो सोच भन्ने आरोपलाई खण्डन गर्न ।

८. बिश्वबिद्यालय तहको शैक्षिक योग्यता हासिल गरेको, पार्टीप्रति समर्पित, क्रियाशील र पार्टीको हरेक निर्णयका पक्षमा अनुशासित र मर्यादित रही आफ्नो कर्तब्य पूरा गरेको ।

९. समग्र कोहलपुरको विकास र समृद्धि प्राप्तिमा विभिन्न वर्ग, जात, लिङ्ग, क्षेत्र र समुदायको पाको र पछिल्लो पुस्ताको सेतुका रुपमा प्रस्तुत हुन सक्ने विश्वास रहेको ।

१०. नेपाली कांग्रेस पार्टीले बजार क्षेत्रबाट मात्रै उम्मेदवार बनाउँछ भनेर लाग्ने गरेको आरोपलाई चिर्न ।