कोहलपुरमा मेयर कप रनिङ्ग शिल्ड माघ १३ देखि १६ गतेसम्म सञ्चालन गर्ने निर्णय

कोहलपुर ।

कोहलपुर नगरपालिकाले मेयर कप रनिङ्ग शिल्ड माघ १३ गतेदेखि १६ गतेसम्म  सञ्चालन गर्नेनिर्णय गरेको छ ।

मंगलबार बसेको कोहलपुरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रअहरुको बैंठकबाट कोहलपुरमा मेयर कप रनिङ्ग शिल्ड माघ १३ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

सो रनिङ्ग शिल्ड सञ्चालनका लागि ज्ञानज्योति माध्यमिक विद्यालय चप्परगौडिलाई सञ्चालन गर्ने जिम्मा दिइएको कोहलपुर नगर शिक्षा शाखा प्रमुख रविलाल मिजारले जानकारी दिए ।