जमुनाह नाकाबाट ५५ ग्राम ब्राउन सुगर सहित दुइ जना पक्राउ

काेहलपुर । 

जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाह नाकाबाट ५५ ग्राम लुकाई राखेकाे ब्राउनसुगर सहित दुइ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔधष व्यूराेकाे टाेलिले चेकजाँच गर्ने क्रममा ब्राउनसुगर सहित दुइ जना पक्राउ परेकाे हाे ।

भारतबाट नेपाल तर्फ आउँदै गरेका दाङ तुलसीपुर उप महानगरपालिका १४ मा बस्ने ३३ बर्षका गाैरब बुढाथाेकी र बाँके राप्तीसाेनारी गाउँपालिका ३२ वर्षिया सुवास बिकलाइ ब्राउनसुगर सहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।