डिल्ली शाही ।
बैदेशिक रोजगारले नेपालमा धेरै सामाजिक समस्याको रुप लिँदै छ । पछिल्लो समयमा बैदेशिक रोजगारमा गएका पुरुष वा महिलालाई सामाजिक असामान्य व्यवहार हुने दर्छन् । नेपालबाट विभिन्न देशहुँदै बैदेशिक यात्रामा गएका युवाहरुले धेरै दुःख पिडा, हिंसा, शोषणमा परिरहेका छन् । बजारमा गित पनि सुनिन्छ, सामाजिक समस्याको सानो चित्रण गायक प्रकाश सपुतको ‘बोल माया…’ र हेमन्त रानाको ‘सुन साइली…’ गीतमा पाउन सकिन्छ । वैदेशिक रोगजारीका कारण परिवारले भोगेका पीडा, बेदना, समाजिक, आर्थिक, साँस्कृतिक पक्षहरुका बारेमा बनेका यी गीत निकै मार्मिक र भावुक छन् । वैदेशिक रोजगारीका बारेमा तयार भएका अधिकांश गीत पीडादायी तथा वियोगान्त हुने गर्छन । यसले नेपाली समाजमा वैदेशिक रोजगारी रहर नभई बाध्यता बनेको स्पष्ट हुन्छ । महिला बैदेशिक रोजगारमा गयो भने सामाजिक दृष्टिकोणले नराम्रा महिला, बच्चा तथा बृद्धाहरुलाई छोडेर गएका, परपुरुषसंग सम्बन्धका आरोपहरु लगायत अन्य आरोप पनि लगाएका हुन्छन् ।
बैदेशिक रोजगारले उब्जिएका सामाजिक असर
मानिसहरुलाई सामाजिक असर विभिन्न कारणले हुन्छन् । लाञ्छना तथा भेदभाव, मानसिक तनाव, पारिवारिक बेमेल, बिखण्डन (छोडपत्र), परिवार तथा बालबच्चाबाट टाढा, बालबच्चा र बृद्ध सदस्यको हेरचाहमा कमी, एक्लोपन महसुस गराउने, आफुलाई सहयोग गर्ने कोहि छैनन् जस्तो लाग्ने, मनमा दिक्दारीको भावनाको गम्भिरता बढ्दै जाँदा आत्महत्याको भावना आउने र आत्महत्याको प्रयास गर्ने, बालबच्चाको मनोसामाजिक स्वास्थ्य तथा पढाई पनि कमजोर हुने, तनावले गर्दा निन्द्रामा समस्या हुने, खान मन नलाग्ने हुनाले व्यक्ति मानसिक र शारीरिक रुपमा विस्तारै कमजोर हुदै जाने, श्रीमतिलाई विदेश पठाई श्रीमतिको कमाई खाएको भनी होच्याउने जस्ता अन्य सामाजिक समस्याहरु रहेका छन् ।
नेपालमा सम्मान गर्ने परिपाटी छैन किन ?
नेपालमा बैदेशिक रोजगारी बारे सयौँ कार्यपत्र प्रस्तुत र छलफल भएका छन् । छलफल र कार्यपत्रमा नेपालमा अवसर तथा रोजगारी अभावले विदेशिनु परेको तथ्यमा सबैको साझा मत छ । सबै छलफल तथा बहसमा वैदेशिक रोजगारीमा गएका नेपालीले मृत्यु भएको, हिंसा, भोगेका पीडा, शारीरिक अंगभंग हुनु परेको जस्ता विषय उठ्छन् । वैदेशिक रोजगारी कष्टकर भएपनि जानेक्रम किन रोकिएको छैन ? के नेपालमा अवसर नभएर विदेशिन बाध्य भएका हुन ? विदेशिनुको अन्य कारण पनि छन कि ? विदेशिनुका अनेक कारण होलान तर, वैदेशिक रोजगारीमा जानेको संख्या बढ्नुमा हाम्रो समाजिक संरचनाले कतिको भूमिका खेल्ने गर्छ त ? आगामी दिनमा यसबारे बहस हुनु जरुरी छ । विदेशमा जस्तोसुकै काम गर्न तयार हुने नेपाली स्वदेशमा सामान्य काम गर्न लाज मान्ने गर्छन् । सर्वप्रथम नेपालमा कामका आधारमा मानिसलाई हेर्ने दृष्टिकोणमा नै खोट छ । यस्तै कारणले नेपालीलाई आफ्नै देशमा सामान्य काम गर्न पनि गाह्रो मान्छन् । विकशित देशमा जस्तो भए पनि कामलाई सम्मान गर्ने परिपाटी छ । नेपालमा पनि त्यस्तो अवस्था सृजना हुनुपर्छ जसले गर्दा युवाहरु नेपालमै आत्मसम्मानपूर्वक काम गर्ने अवसर दिए देशको विकास टेवा पुग्नेछ ।
वैदेशिक रोजगारी कष्टकर भएपनि जानेक्रम किन रोकिएको छैन ? के नेपालमा अवसर नभएर विदेशिन बाध्य भएका हुन ? विदेशिनुको अन्य कारण पनि छन कि ? विदेशिनुका अनेक कारण होलान तर, वैदेशिक रोजगारीमा जानेको संख्या बढ्नुमा हाम्रो समाजिक संरचनाले कतिको भूमिका खेल्ने गर्छ त ?
३९ जिल्लामा सामाजिक समस्या न्यूनिकरण
बाँकेका स्थानीय तहहरुले सामाजिक समस्या न्यूनिकरण गर्नका लागि निरन्तर लागि परेका छन् तर अझै सफल हुन भने सकेका छैनन् । नेपाल सरकार तथा स्विस सरकारको सहमतिमा श्रम तथा रोजगार मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समझदारीमा जिल्ला समन्वय समिति, नेपालमा सञ्चालित सामी परियोजनाले सबै पालिकाहरुलाई अग्रसर बनाउने काम गरिरहेको छ । हरेक गाउँपालिकामा बैदेशिक रोजगारबाट हुने समस्या, आएको पैसा कहाँ कसरी प्रयोग गर्ने र कहाँ लगानी गर्ने, के कस्तो काममा प्रयोग गर्ने जस्ता यावत कुरामा मनोपरामर्श केन्द्रको रुपमा समेत सबै पालिकाहरुमा सञ्चालनमा छन् । सामी परियोजनाको विगत पाँच वर्षदेखि काम गर्दै आइरहेको छ । सो परियोजनाको मुख्य उदेश्य भनेको बैदेशिक रोजगारीमा जाँदै नजाऊ, जाने भएपनि सीप सिकेर जाउँ, सिप सिकेर गएपछि बैदेशिक रोजगारीमा दुःखकष्ट पाइदैन भन्दै सबै पालिकाका अगुवाहरुसंग छलफल कार्यक्रमहरु गरिरहेको छ । सामी परियोजनाले नेपालका सबै प्रदेशमा काम गरिरहेको छ ।
सामि परियोजनाको उद्देश्य
काठमाडौं जिल्ला र उपत्यका बाहिरका ३९ जिल्लामा बैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन सम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न आप्रवासीश्रोतकेन्द्रको स्थापना गरी सञ्चालनमा ल्याउने, वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका तथा ठगीएका व्यक्तिहरुको न्यायमा पहुँच बढाउने । यसका लागि उजुरी र गुनासो सुनुवाई र कार्यान्वयनको प्रभावकारिता अभिवृद्धि गर्ने, वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई व्यवसायिक सीप तालिम दिलाउने, वैदेशिक रोजगारीले ल्याएको सामाजिक लागतकम गर्दै लैजाने क्रममा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने, आप्रवासी कामदारसन्जालको गठन तथा कार्य क्षमता अभिवृद्धि गर्ने, सम्बद्ध सरकारी निकायहरु, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र वैदेशिक रोजगार न्यायाधिकरणको कार्यक्षमतामा थप अभिवृद्धिका लागि सहयोग पु¥याउने लगायतका कामहरु गरिरहेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्