काेहलपुर ।
बाँकेको कोहलपुरमा पाँचौँ अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका मंगलबारदेखि कोहलपुरमा मेयर कप रनिङ्ग शिल्डको पाँचौंँ संस्करण शुरु भएको हो । मेयर कप तेस्रो संस्करणको उद्घाटन एक कार्यक्रमका बिच कोहलपुर नगरपालिका प्रमुुख लुट बहादुर रावतले गरेका थिए ।

कोहलपुर नगरपालिकाको आयोजना तथा संस्थागत विद्यालयहरुको संगठन (क्रिसा) को व्यवस्थापनमा मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा विभिन्न २२ विद्याका खेलहरु सञ्चालन हुने प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन संयोजक दिनेश सिग्देलले जानकारी दिए ।

उनका अनुसार एथ्लेटिक्स तर्फ छात्र छात्रा एक सय, दुई सय, चार सय, आठ सय, पन्ध्र सय र तीन हजार मीटर दौड हुनेछ । त्यसैगरी चार गुणा सय, चार गुणा चार सय मिटर रिले दौड, हाइजम्प, लङ्गजम्प ट्रिपलजम्प, सटपट र जेभलिन खेलहरु समावेश छन् । प्रतियोगितामा छात्र छात्रा भलिवल र कबड्डी खेलहरु समेत हुनेछन् । मेयर कप रनिङ्ग शिल्डमा कोहलपुर नगर भित्रका ३० विद्यालयका छात्र छात्राहरुले सहभागिता जनाएका छन् ।

यो प्रतियोगिताबाट उत्कृष्ट भएका छात्र छात्रा खेलाडीहरुलाई आसन्न दिनमा हुन गइरहेको १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा समावेश गराइने नगरपालिकाले जनाएको छ ।

यस्तै प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले कोहलपुरलाई खेलकुदको हवको रुपमा विकास गरिने बताएका थिए । ‘यस स्थानले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु जन्माएको छ’ उनले भने, ‘खेलकुद जस्तै शिक्षा र स्वास्थ्य क्षेत्रमा कोहलपुर निकै अगाडि छ । खेलकुद मार्फत बाँके जिल्लालाई मात्र होइन विश्वमा चिनाउनुपर्नेमा उनको जोड थियो ।

आज पहिलो दिनमा एथ्लटिक्स तर्फका तिन खेल भएका थिए । जसमा ८ सय मिटर दौड, लङजम्प र सटफट भएको थियो । ८ सय मिटर दौडमा छात्रा तर्फ कृष्ण माध्यमिक विद्यालय प्रथम, सानिङ्ग स्टार दोस्रो र तेस्रो गोर्खा यूनाईटेड स्कुल भएका छन् भने लङजम्प तर्फ त्रिभुवन माध्यमिक विद्यालय प्रथम, ब्राइटलाईट स्कुल दोस्रो र जनज्योति पब्लिक स्कुल तेस्रो भएका छन् ।
यस्तै सटफटमा त्रिभुवन मावि प्रथम, गोर्खा यूनाईटेड स्कुल दोस्रो र डाइनामिक मावि तेस्रो भएका छन् । यस्तै भोली पनि तिन खेल हुने आयोजकले जनाएको छ ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाकी सामाजिक विकास नारायणी वली, कोहलपुरका खेलकुद विकास समितिका अध्यक्षमा राजु तामाङ्ग, संस्थागत विद्यालयका प्रमुख तथा प्रतिनिधि, सामुदायिक विद्यालयका प्रमुख तथा प्रतिनिधि लगायत अन्य जनप्रतिनिधिहरुको समेत उपस्थित भएको थियो ।











कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्