कोहलपुरमा मेयरकप रनिङ्ग शिल्ड : फागुन २९ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्न थालेको छ । बिहिबार मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन उपसमितिले फागुन २९ गतेसम्म आफ्नो टिम दर्ता गरिसक्नुपर्ने निर्णय गरेको छ । पाँचौ अन्तर मा.वि मेयर कप रनिङ शिल्ड प्रतियोगिता आगामी चैत्र १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुनेछ ।

यस्तै प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन उप समितिका सचिव दिनेश सिग्देलका अनुसार फाल्गुन २९ गते साँझ ५ बजेसम्म खेलाडीको विवरण सहित टिम दर्ता गरिसक्नुपर्ने भनी निर्णय गरेका छौं सोही अनुसार सर्कुलेशन गरिसकेको कोहलपुर टुडेलाई जानकारी दिएका छन् । यदि जानकारी कोही विद्यालय भएपनि अन्य विद्यालयका प्रअ, विव्यस अध्यक्ष तथा अभिभावक र खेल शिक्षकहरुबाट सूचना प्राप्त गर्नुहुन सिग्देलले अनुरोध गरे ।

यस्तै कोहलपुर नगरपालिकामा रहेको संस्थागत विद्यालयको संगठन (क्रिसा)ले प्रतियोगिता तथा व्यवस्थापनको जिम्मा लिएको छ । सो प्रतियोगिता कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन गर्न विभिन्न उप समितिको गठन गरेको छ । संस्थागत र सामुदायिक विद्यालय गरी ३५ विद्यालयहरुको सहभागिता हुनेछन् ।

कोहलपुर नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रवि मिजारका अनुसार प्रतियोगितामा छात्र/छात्रा दुवैतर्फ फिल्ड र ट्रयाकका एक सय मिटर, पन्ध्र सय मिटर दौड, लङजम्प र भलिबल लगायतका १४ खेलहरु हुने जानकारी दिएका छन् ।