Kohalpur Today Header Ads

जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ




New Karnali

काेहलपुर । बाँकेको कोहलपुर नगरपालिका–१३ खड्कवारबाट प्रहरीले पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।

शुक्रबार राति टोपबहादुर ओलीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी चक्र डम्बर पालले जानकारी दिए।

LIfe Ok

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१२ का ३६ वर्षीय धनबहादुर परियार, ३८ वर्षीय चन्द्रबहादुर बस्याल, ५६ वर्षीय बेलबहादुर डाँगी, कोहलपुर नगरपालिका–५ का राम गुरुङ र बैजनाथ गाउँपालिका–४का ४३ वर्षीय कुलबहादुर ओली रहेका छन् ।

ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापती हुन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट जुवामा प्रयोग भएको २ लाख २ हजार रुपैयाँ नगद बरामद गरिएको छ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार