नवनियुक्त रजिष्ट्रारको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न”




सुर्खेत, नेपाल मिति २०८३ साल भाद्र १८

मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार सह-प्रा. डा. सुदीप ठकुरीज्यूको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। सोही अवसरमा निवर्तमान रजिष्ट्रार सह-प्रा.डा. अर्जुन बहादुर अयडीको सम्मान तथा विदाइ गरिएको थियो। कार्यक्रमका अध्यक्ष तथा उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यूले नवनियुक्त रजिष्ट्रारज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उता निवर्तमान रजिष्ट्रार सह-प्रा.डा. अर्जुन बहादुर अयडीलाई मायाको चिनो र कदर पत्र सहित सम्मान गरे ।

नवनियुक्त रजिष्ट्रार सह-प्रा.डा. सुदीप ठकुरीले आफूलाई रजिष्ट्रारको जिम्मेवारी प्रदान गर्नुहुने सम्बन्धित सम्पूर्ण व्यक्तित्वप्रति आभार प्रकट दिए । उनले विगतमा यसै विश्वविद्यालयमा काम गर्दाको अनुभव स्मरण गर्दै आगामी दिनमा विश्वविद्यालयका लागि थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूलाई एकआपसमा सहयोगी भावना राख्दै विश्वविद्यालयको हितलाई मध्यनजर गरी अगाडि बढ्न अनुरोध गरे ।

कार्यक्रममा स्वागत मन्तव्य ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेजका डिन सह-प्रा. डा. आनन्द प्रसाद सुवेदीले गरेका हुन । कार्यक्रमको सन्चालन सञ्चालन प्रशासन अधिकृत शैलेन्द्र पाठकले गरे । स्वागत, पदभार ग्रहण तथा सम्मान एवं विदाइ कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार