कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका १५ वटै वडामा मल वितरणका लागि १५ सय ७९ बोरा मल ६ वटा सहकारीहरुमार्फत वितरण गर्ने भएको छ ।
कोहलपुरमा मलको हाहाकार भएपछि केही सहकारीहरुमा विवाद सिर्जना भएको छ भने केहीमा सहज रुपमा वितरण भएको छ ।
कुन सहकारीमा कति बोरा मल ?
१. श्रृष्टी बहुउद्देश्यीय सहकारी संस्था लि. यूरिया २१०, डिएपी ४६, पोटास ४ बोरा (वडा नं. १ र ३ का लागि)
२. जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि. यूरिया ३१५, डिएपी ६९, पोटास ५ बोरा (वडा नं. ४, ५ र ६ का लागि)
३. वृत्ति विकास कृषि सहकारी संस्था लि. यूरिया ३१५, डिएपी ६९, पोटास ५ बोरा (वडा नं. ८, ९ र १० का लागि)
४. सहकारी संस्था लि. यूरिया ४२०, डिएपी ९२, पोटास ६ बोरा (वडा नं. ७, ११, १२ र १३ का लागि)
५. दिगो कृषि सहकारी संस्था लि. यूरिया २१०, डिएपी ४६, पोटास ४ बोरा (वडा नं. १४ र १५ का लागि)
६. जनविश्वास बहुमुखी सहकारी संस्था लि. यूरिया १०९, डिएपी २७, पोटास ३ बोरा (वडा नं. २ का लागि)
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्