Kohalpur Today Header Ads

उद्योगमा जागिर लगाइदिने भन्दै २०० जनालाई ठगी गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ




हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा २४ वर्षीय युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–६ घर भएका २४ वर्षीय रवीन गौतमले पार्लेजी बिस्कुट उद्योगमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले रकम असुलेको प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

रकम लिएपनि जागिर नदिएको भन्दै पीडितहरूले दिएको निवेदनका आधारमा उनलाई नियन्त्रणमा लिइएको उनले बताए । प्रहरीले अनुसन्धानका क्रममा गौतमले २०० जनाभन्दा बढी व्यक्तिलाई पार्लेजी बिस्कुट उद्योगमा जागिरको प्रलोभन देखाएर ठगी गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।

आरोपित गौतमलाई मकवानपुर जिल्ला अदालतबाट ठगी सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार