कोहलपुर । आफनो जन्मदिनको अवसरमा रामजानकी राधाकृष्ण भागवत विद्याश्रम गुरुकुल विद्यालयमा अन्नदाता अक्षयकोष स्थापना गरि मनाएका छ्न । कोहलपुर नगरपालिका वडानं -१२ का वडाध्य्क्ष एवम् नेपाली कांग्रेस कोहलपुर नगरसभापती विरेन्द्रकुमार शाहले अन्नदाता अक्षयकोषमा सहयोग गरेका छ्न ।

उनले १५५५५ रुपैया उक्त अक्षयकोषमा राखी रामजानकी राधाकृष्ण आश्रममा अस्टचिरन्जिवीको पुजा गरि जन्मदिनको मनाएको संस्थाका सचिव केशव लम्सालले जानकारी दिए । सोही अवसरमा उनले ३२ जना बटुककको मुखारविन्दबाट स्वस्ती वाचन समेत गरिएको थियो ।
बटुक उक्त रामजानकी राधाकृष्ण भागवत आश्रममा अध्ययनरत विद्यार्थी समेत हुन । उक्त आश्रममा हरेक दिन ६:४० देखि ८:४० सम्म रुद्रीपाठ समेत हुने गर्द्छ । अन्नदाता अक्षयकोषको सदस्य भएवाफत हरेक वर्ष आश्रममा उक्त व्यक्तिको नाममा स्वस्ती, शान्ती, कल्याण हुने गर्द्छ ।

पछिल्लो समयमा नेपाल धर्म निरपेक्ष भएको र आम बालबालिकाकामा संस्कार, संस्कृति, नैतिकता, धर्म, कर्म एवम् पठन संस्कृति हराउँदै जानुमा गुरुकुल शिक्षाको अभाव हो । परम्परागत मुल्य, मान्यता र संस्कार संस्कृतिको जगर्ने विना सच्चा, ईमानदार, रास्ट्र्प्रेमी र संस्कारयुक्त हुन नसक्नु आजको विडम्बना हो ।
हिजो विद्यालय शिक्षामा कक्षा चार देखि सातसम्म नैतिक र संस्कृत शिक्षाको पठनपाठन हुँदै आएको थियो । द्वन्दकालिन समयमा यी विषय हटाईयो जसको फलस्वरूप आज बालबालिकामा संस्कारविहिनता देखिएको उपप्राध्यापक एकराज शर्मा वताउंछ्न । उनी भन्छ्न जन्मदिन केक काटेर होइन आफ्नो धर्म, संस्कार र संस्कृति अनुसार मनाउनु पर्ने उनको जिकिर छ ।
शाहले आफू संस्कार र संस्कृतिको जगेर्ना गर्ने र सबै धर्मसंस्कार लाई बराबर मानेर जानुपर्ने वताउंछ्न । उनी यश अघि १८ वर्ष स्थायी शिक्षक भएर काम गरेका हुन । बांकेमा बसाईसरि आएपछि समाजसेवा, राजनीतिमा आवद्ध भएको कोहलपुर वडा नं -१२ का समाजसेवी ज्योती रेग्मी वताउंछ्न । वडा नं -१२ कै देवनारायण काफ्लेले आजको समयमा संस्कार र संस्कृतिको जगेर्न गर्नु अनिवार्य भएको वताए । उक्त जन्मदिनको अस्टचिरन्जिवी पुजामा उपप्राध्यापक एवम् ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्मा, निराजन शाह, आश्रममाका पुजारी, आश्रमका सचिव केशव लम्साल, ३२ जना बटुकको सहभागीता रहेको निराजन शाहले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्