सुर्खेत, असार १ गते । मध्यपश्चिम विश्वविद्यालयको आसन्न १८ औ सभाको पूर्वतयारी बैठक सोमबार वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ ।

आगामी असार ३ गते हुने सभालाई व्यवस्थित गर्न रिहर्सल स्वरुप उपलब्ध सिनेटरहरुको समुपस्थितिमा प्रस्तावित नीति, योजना, कार्यक्रम तथा बजेट सहितका एजेण्डाबारे छलफल गरिएको हो ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त पूर्वतयारी सभाको सञ्चालन सभाका सदस्य सचिव रजिष्ट्रार सहप्रा.डा. अर्जुनबहादुर अयडीले गरेका हुन ।

बैठकमा विश्वविद्यालय सभा, दीक्षान्त समारोह तथा स्थापना दिवसलाई सफल तुल्याउन आवश्यक पूर्वतयारी, व्यवस्थापन, समन्वय तथा कार्यक्रम सञ्चालनका विविध विषयमा छलफल गरिएको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी कोहलपुर टुडे लाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्