Kohalpur Today Header Ads

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा




बाँके। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल देशको हिमाल र पहाडी भूभाग साथै गण्डकी र बागमती प्रदेशको तराईमा साधारणता बादल लागेको छ। अन्य तराईमा मुख्यतया सफा रहेको छ ।

LIfe Ok

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणता बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।आज राति देशको हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणता बादल रहनेछ ।

कोशी प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङ्ग हित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधबार