
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले शिक्षकहरुलाई शैक्षिक सामग्री निर्माण कार्यशाला तथा क्षमता विकास तालिम सुरु गरेको छ ।
बिहिबार सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नगर भित्रका सबै सामुदयिक र संस्थागत विद्यालयका गणित र विज्ञान शिक्षकहरुलाई शैक्षिक सामग्री निर्माण शैक्षिक सामग्री निर्माण कार्यशाला सुरु गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले तालिमले शिक्षकहरूको पेशागत दक्षता वृद्धि हुनुका साथै विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको बताए ।
सहभागी शिक्षकहरूले पनि कार्यशालाबाट प्राप्त सीप र ज्ञान विद्यालयमा लागू गर्दै शिक्षणलाई अझ प्रभावकारी बनाउने नगर प्रमुख आचार्यले बताए ।
कोहलपुर नगरपालिका शिक्षा शााखका वरिष्ठ शिक्षा अधिकृत रविलाल मिजारका अनुसार तालिमको पहिलो चरण १० गतेदेखि १२ गतेसम्म सञ्चालन भइसकेको छ भने दोस्रो चरण १३ बैशाख गतेदेखि १५ गतेसम्म सञ्चालन गरिने बताए ।
कार्यशालामा शिक्षकहरूलाई पाठ्यक्रमअनुसार प्रयोगात्मक, सिर्जनात्मक र प्रभावकारी शिक्षण सामग्री निर्माणबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिने मिजारले बताए ।
पहिलो चरणमा कोहलपुरका सबै (सामुदायिक र संस्थागत) प्राथमिक तहका करिब १ सय ५८ जनाको सहभागितामा कार्यशाला सुरु भएको छ भने दास्रो चरणको १३ गतेदेखि १५ गतेसम्म ६ कक्षादेखि १० सम्मका गणित र विज्ञान शिक्षकहरुलाई तालिम दिइने बरिष्ठ शिक्षा अधिकृत मिजारले बताए ।
आधाभूत तह र मावि तहको प्रत्येक विद्यालयबाट ६४ जनाको दरले गणित र विज्ञानका शिक्षकहरुलाई शैक्षिक सामग्री निर्माण कार्यशाला तथा क्षमता विकास तालिम दिइनेछ ।
शैक्षिक सामग्री निर्माण कार्यशाला तथा क्षमता विकास तालिममा क्रिसा बाँकेका अध्यक्ष ओपेन्द्र केसीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यशालालाई गणित तथा विज्ञान विषयका अनुभवी प्रशिक्षक पशुपति श्रेष्ठ (विज्ञान) र देवराज गुरुङ्ग (गणित) ले दुवै (पहिलो चरण र दोस्रो चरण) सहजीकरण गरेका थिए ।
श्रेष्ठ र गुरुङ्गले आधुनिक शिक्षण विधि, विद्यार्थीमैत्री सिकाइ प्रक्रिया, प्रयोगशाला आधारित अभ्यास तथा स्थानीय स्रोत–साधन प्रयोग गरेर सामग्री निर्माणका विषयमा प्रशिक्षण दिएका थिए ।
यस्तै जीवज्योति माध्यमिक विद्यालयले सो कार्यशाला तथा तालिमका लागि हल तथा लजिस्टिक व्यवस्थापन गरेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्