कपिलवस्तुमा अनिश्चितकालीन ‘कर्फ्यु’




काठमाडौं । कपिलवस्तुमा अनिश्चितकालीन ‘कर्फ्यु’ आदेश जारी गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले निषेधाज्ञा (कर्फ्यु)को आदेश जारी गरेका हुन् ।

शनिबार (चैत ७) दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका निम्ति महाराजगन्ज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, दक्षिणमा हर्दौना र उत्तरमा महाराजगन्ज बजारसम्म कर्फ्यु आदेश छ ।

“देहायका क्षेत्रहरूमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ,” आदेशमा उल्लेख छ ।

आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने जनाइएको छ । शनिबार दुई समुदायबीच तनाव र झडप भएपछि कर्फ्यु आदेश जारी गरिएको हो । घटनामा केही व्यक्ति घाइते भएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार