सल्यानमा रमेश मल्लको अग्रता कायमै, पछ्याउँदै रास्वपाका चन्द





सल्यान ।
सल्यानमा जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्लले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

हालसम्म ८ हजार ८४६ मतगणना हुँदा मल्लले तीन हजार ५९८ मत प्राप्त गरेका छन् । एक हजार ६२३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का ललितकुमार चन्दले मल्ललाई पछ्याइरहेका छन् । मल्ल र चन्दबीच एक हजार ९७५ मतान्तर छ ।

यस्तै नेपाली कांग्रेसका केशबहादुर विष्टले एक हजार ४८५ मत, नेकपा एमालेका गुलाबजंग शाहले एक हजार ७७ मत र नेकपा माओवादीका चन्द्रबहादुर खड्काले ४७५ मत प्राप्त गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार