केपी ओलीभन्दा झन्डै ५ गुणा बढी मतले अगाडि बालेन




झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आफ्ना निकट प्रतिद्वन्द्वी नेकपा एमालेका केपी शर्मा ओलीभन्दा झन्डै पाँच गुणा बढी मतले अगाडि छन्।

पछिल्लो मत परिणाम अनुसार बालेन शाहले १५१६९ मत ल्याएका छन् भने केपी ओलीले ३३४४ मत ल्याएका छन्।

बालेन र ओलीबीचको मतान्तर ११८२५ छ।

यहाँ श्रम संस्कृति पार्टीका समीर तामाङ १६०७ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४८९ मत ल्याएकी छन्।

नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ४२० मत पाएका छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार