काठमाडौं- ३ मा कुलमानलाई हराउँदै राजुनाथ विजयी




काठमाडौं । काठमाडौं क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन्।

१८ हजार ७५७ मत प्राप्त गरी पाण्डे विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याए ।

यहाँ नेपाली कांग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गरेका छन्। पहिले रास्वपासँग एकता गरेका कुलमान पछि छुट्टै अघि बढेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार