कृषि बजार व्यवस्थापनले नगरपालिकालाई अक्सिजन सिलिन्डर हस्तान्तरण




कोहलपुर ।

कोहलपुर नगरपालिका ११ मा रहेको कृषि बजार व्यवस्थापन समितिले १३ औं वार्षिकोत्सवको अवसरमा ५ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतलाई कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष उदिराम वलीले हस्तान्तरण गरेका थिए ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्णबहादुर थापा, कृषि बजार व्यवस्थापन समितिका कार्यसमितिका पदाअधिकारी र सदस्यहरु समेत उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ९ गते सोमबार