कोहलपुर -३ मैटहवा मतदान केन्द्रबाट मतदान गर्दै नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद गौडेल




प्रदिप कुमाई, कोहलपुर ।

बांके क्षेत्र नं -१ का सादगी नेता नारायण प्रसाद गौडेलले आज विहानै कोहलपुर -३ मैटहवा मतदान केन्द्रमा पुगि मतदान गरेका छ्न । उनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेका हुन ।
उनी प्रतिनिधि सभा बांके क्षेत्र नं -१ का नेपाली कांग्रेसका उम्मेदवार पनि हुन । नेपाली कांग्रेसको जिल्ला सभापति समेत रहेका नारायण प्रसाद गौडेलले रुखमा मतदान गर्दै बांके क्षेत्र नं -१ का सम्पूर्ण मतदातालाई विशेष अनुरोध गर्दै रुख चिन्हमा मतदान गरि आफुलाई जिताउन अनुरोध समेत गरेका छ्न ।


शुभ साईत एवम् शुभमुहुर्त पारेर मतदान गरेका सादगी नेता गौडेल विकासप्रेमि, गाउंघरमा र जनताका नेता हुन । उनले यो पटक चुनाव जित्ने पक्का विश्वास गरेका छ्न । उनी भन्छ्न म हरेक जनताको घर घरमा आज मात्र होइन द्शकौ वर्ष देखि गएको र उहाँहरुको दुख सुखमा साथ दिएको छु यो पटक यहाँका जनताले रुखमा भोट गरि जिताउनेमा विश्वास समेत छ्न । उनी भन्छ्न जनताको घरदैलोमै पुगेर सेवा गर्नु आफ्नो लागि केवल सेवा मात्र होइन कर्तव्य भएको वताउंछ्न।


जीवनमा राजनीति बुझेदेखिनै समाजसेवा र जनता जनार्दन हुन भन्ने भावनाले काम गरेको जानकारी पनि दिएका छ्न र आम मतदाताले यो बुझेका पनि छ्न । यो बांके बासीलाई अवगत नै छ। यस महत्वपूर्ण घडीमा नेपाली काँग्रेसको मुल्यमान्यता आदर्श र बीपीको समाजवादलाई सशक्त रूपमा अघि बढाउन मुलुकमा सुशासन समृद्धि र दिगो विकासका लागि सधैं लागि पर्ने प्रतिवद्द्ता समेत जनता सामु व्यक्त गरेका छ्न ।


सदनमा जनताको प्रतिनिधित्व गर्न समेत जनताको मत एवम् सक्रिय भूमिका अपरिहार्य रहेको जानकारी दिदै आएका छ्न । यस क्षेत्रका आदरणीय सम्पूर्ण मतदाताहरु लाई सक्रियता पूर्वक प्रतिनिधि सभा क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फ नारायण प्रसाद गौडेल र समानुपातिक तर्फ दिपनारायण बर्मा लाई नेपाली काँग्रेसको चुनाव चिन्ह रूखमा मतदान गराउन आम बांके क्षेत्र नं -१ बासिको महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गरेका छ्न । नेपाली काँग्रेसलाई विजय बनाउने महा-अभियानमा सक्रियताका साथ लागि दिनुहुन हार्दिक अपिल समेत उनले गरेका छ्न । साथै नेपाली कम्युनिस्ट पाटिका उम्मेदवार नरेन्द्र पान्डेले समेत  उक्त मतदानकेन्द्रबाट मतदान गरेका छ्न ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन २१ गते बिहीबार