
कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरमा अन्डर–१४ को दोस्रो नेशनल प्याब्सन बाँके फुटबल कप उपाधि हिमालय विद्या निकेतनले उचालेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद‘ भन्ने मूल नारासहित बिहिबारबाट सुरु भएको प्रतियोगिताको उपाधि हिमालय विद्या निकेतनले लिएको हो ।
उपाधि हात पारेको बैजनाथमा रहेको हिमालय विद्या निकेतनका प्रिन्सिपल राम शर्मा लगायत खेल शिक्षकलाई कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षा विकास तथा समन्वय एकाई प्रमुख धनसुुदन चौलागाँई र एन प्याब्सन बाँकेका अध्यक्ष किशोरराज मल्लले विजेता टिमलाई २५ हजार नगद, मेडल र प्रमाण पत्र सहित हस्तान्तरण गरेका थिए ।
यस्तै उपविजेता नोवल ईमि स्कुल बैजनाथ बन्न सफल भएको थियो । उपविजेतालाई १५ हजार नगद, मेडल र प्रमाण पत्र सहित हस्तान्तरण गरेका थिए ।

यस्तै फुटबल कप प्रतियोगितामा कोहलपुर बागेश्वरी ईमि स्कुल कोहलपुर र लिटिल फ्लावर एकेडेमी सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा पुगेका दुवै टिमलाई १०÷१० हजार नगद, मेडल र प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
यस्तै हिमालय विद्या निकेतनका उत्कृष्ट गोलकिपर शार्थक खड्का, कोहलपुर बागेश्वरी ईमि स्कुल कोहलपुरका आशिष बम र नोवेल ईमि स्कुल बैजनाथका लोकचन शाही सर्वाधिक गोलकर्ता, नोवल ईमि स्कुलका प्रितम खत्री उत्कृष्ट डिफेन्डर, कोहलपुर बागेश्वरी ईमि स्कुलका युवराज देवकोटा उत्कृष्ट मिडफिल्डर र हिमालय विद्या निकेतनका उत्कृष्ट खेलाडी डेनिस पुन मगर रहेका छन् ।

नेशनल प्याब्सन बाँकेका अध्यक्ष तथा कार्यक्रमका सभापति किशोर राज मल्लले आगामी दिनमा लुम्बिनी प्रदेश स्तरीय फुटबल कप हुने र थप खेलकुदका गतिविधिसंगसंगै गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो लक्ष्य अनुसार काम गरिरहेको बताए । प्रतियोगिताले बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने मल्ले बताए ।
प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण खेल प्रशिक्षक, रिफ्र, व्यवस्थापक, शिक्षक कर्मचारी र विद्यार्थीहरुमा हार्दिक धन्यवाद समेत प्रदान गरेका थिए । एन प्याब्सन बाँकेका सचिव वेग प्रकाश चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्