शिवध्वज शाही, कोहलपुर । कोहलपुर -१० विद्यानगरमा संचालित तक्षशिला एकेडेमी विद्यालयले आफ्नो स्थापनाको १०औ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । स्थापनाको दशौ वर्षमा विद्यालयले अन्य विद्यालयको भन्दा फरक तरिकाले वार्षिकोत्सव मनाएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका कोहलपुर नगर शिक्षा, युवा तथा खेलकुद शाखाका रविलाल मिजारले विद्यालयले देखाएको फरक विधाको खुलेर प्रशंसा गरे ।
विद्यालय १० औं वर्षमा प्रवेश गर्दा बांकेमा मात्र नभई लुम्बिनी प्रदेशमा आफ्नो छवि निर्माण गरेको जिकिर गरे । विद्यालयले आधुनिक समयमा नैतिकता, संस्कार र संस्कृतिमुलक शिक्षा प्रदान गर्दै आजका बालबालिका भोलिका कर्णधार गराउन विद्यालय नचुकेको जानकारी दिए ।

उनले तक्षशिला एकेडेमीले एक दशक पूरा गर्दैगर्दा विद्यार्थीको सर्वपक्षीय विकास गराउन लागि परेको जिकिर गरे । उनले भने यो विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरु ईन्जिनियर, पाईलट, डाक्टर लगायतका जनशक्ति निर्माण समेत गरेको प्रमाण धेरै रहेको जानकारी दिए ।
आजको शिक्षाले भोलि बालबालिकाहरुले विश्वप्रतिस्प्रर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विद्यालय लागि परेको जानकारी दिए । उनले विद्यालयले पठनपाठन मात्र नगरी अतिरिक्त क्रियाकलाप, शैक्षिक गतिविधि, नतिजामा सर्वोत्कृष्टता हासिल गरेकोमा संचालकहरु लाई विशेष धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बोल्दै विशिस्ट अतिथि एवम् वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख दान बहादुर हमालले विद्यालयले विभिन्न विद्यामा विभिन्न खालको आधुनिक ज्ञान दिन सफल भएकोमा शैक्षिक नेतृत्वप्रती आभार व्यक्त गरे । उनको आजको समयमा संस्कार, संस्कृति र अनुशासन अनि नैतिक शिक्षा अनिवार्य जस्तो भएकोले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा विद्यालयले कुनै कसुर बांकी नराखेको जिकिर गरे ।

कार्यक्रममा बोल्दै शैक्षिक सल्लाह डा. खोपिराम वलि क्षेत्रीले विद्यालयमा पठ्नपाठन मात्र नगरी सिकारुहरु लाई बोझ नहुने गरि ज्ञान प्रदान गरिएको जानकारी दिए । उनले खाली पुस्तक पढेर मात्र भविस्य नबन्ने भएकाले विद्यार्थीहरुको रुचि अनुसारको ज्ञान, सीप, विचार, क्रियाकलाप समेत प्रदान गर्दै आएको जानकारी गराए ।
अभिभावकहरुको समेत अपनत्व हुने गरि उनीहरुको सहभागीतामा वार्षिकोत्सवको अवसरमा अभिभावक सहभागी गराई फुटबल, भलिबल, कुर्सी दौड, डोरि तान्ने खेल लगायतका विभिन्न विधाहरुमा खेल खेलाएको जानकारी दिदै विजेता खेलाडीहरु लाई मेडल, प्रमाणपत्र सहित खादाले स्वागत गर्न पाउनु विद्यालयको गरिमा भएको विचार व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिम रोकाएले विद्यालयको आगामी शैक्षिक सत्रमा विद्यालयले गर्ने भावी रणनीति पेश गरेका थिए । उनले आगामी शैक्षिक सत्रमा विद्यालय फरक तरिकाले नयाँ रणनीतिका साथ अगाडि बढ्ने र विद्यार्थीहरु लाई समाज, समुदाय र घर परिवारसंग जोड्ने खालको शिक्षण गर्ने प्रतिवद्द्ता व्यक्त गरे ।
विद्यालय स्थापना देखि हालसम्म अनवरत काम गरेका शिक्षक तथा कर्मचारीहरु लाई सम्मान पत्र, ट्र्फी, नगद सहित खादाले सम्मान गरिएको थियो । कार्यक्रममा अभिभावकहरु लाई वार्षिकोत्सवको अवसरमा विभिन्न खेलको आयोजना गरि विजेता तथा उपविजेता र उत्कृष्ट खेलाडीहरु लाई समेत सम्मान गर्दै ट्र्फी र प्रमाणपत्र समेत प्रदान गरेको थियो ।

कार्यक्रममा पिजि देखि १० कक्षा सम्मका विद्यार्थीहरु द्वारा विभिन्न विधामा उत्कृष्ट क्रियाकलाप समेत देखाइएको थियो । विविध सांस्कृतिक कार्यक्रमबाट अभिभावक र अतिथि समेत लाई रोमान्टिक बनाइएको थियो । कार्यक्रममा रास्टिय मोडल तथा डान्सर नारायणी खत्रीको समेत बेजोड प्रस्तुति रहेको थियो ।
कार्यक्रममा वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक एवम् कोहलपुर टुडेका सम्पादक एकराज शर्मा, नमूना विद्यासदन कोहलपुरका निर्देशक शिव प्रसाद डांगी, परिक्षा बोर्ड कोहलपुरका गोपाल केसि, समाजसेवी हेम कुमार रावत, अवराज खड्का, शिव प्रसाद रेग्मी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सह प्राध्यापक तेज बहादुर के सि, डा. पुस्करनाथ रिजाल लगायत हजारौं विद्यार्थी र अभिभावक र मिडियाकर्मीको उपस्थिती रहेको थियो ।
विद्यालय संचालक समितिका अध्यक्ष विस्णु वेल्बासेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तेजेन्द्र विटालु र टीका कुमारी शाहीले गरेको डा. खोपिराम वलि क्षेत्रीले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्