८ सय मत गन्दा ३ मतले अग्रता गौडेलभन्दा बादशाह कुर्मी

नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको मतगणनामा १४ मतले नारायण गौडेलले सुरुवाती अग्रता लिएका छन् । कुल ८०० मत गन्दासम्म गौडेललाइ उछिन्दै उनका प्रतिद्वन्दी बादशाह कुर्मीले ३ मतले अग्रता लिएका छन् । गौडेलले ३०९ छ भने बादशाहकाे ३१२ मत रहेकाे छ ।

अर्का सभापतिका उम्मेदवार सुरेन्द्र हमालले १६५ मत ल्याएका छन् । कुल १४ सय ९३ मत संख्या मध्ये १४४५ जना मतदाताले मतदान गरेको निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ ।

आज सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज अपराह्न ४ बजेसम्म मतदान भएको थियो। कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।